युक्रेनी तालिमस्थलमा रुसी मिसाइल आक्रमण, १२ सैनिकको मृत्यु
कीभ, युक्रेन- युक्रेनको एक सैन्य तालिमस्थलमा भएको रुसी मिसाइल आक्रमणमा कम्तीमा १२ जना युक्रेनी सैनिकको मृत्यु भएको र अरू धेरै घाइते भएको युक्रेनी अधिकारीहरूले आइतवार जानकारी दिएका छन् । यो युक्रेनले आफ्ना सैन्य क्षतिबारे दुर्लभ रूपमा सार्वजनिक गरेको स्वीकारोक्ति हो ।
कीभले आक्रमण कुन स्थानमा भएको हो भन्ने खुलाएको छैन, तर अधिकांश सैनिकहरू आक्रमणको समयमा सुरक्षित आश्रयमा रहेको स्पष्ट पारेको छ ।
हालका हप्ताहरूमा युक्रेनी सेनाले तालिममा रहेका सैनिकहरूको सुरक्षामा कमजोरी देखिएको भन्दै छानबिनको मागको सामना गरिरहेको छ ।
गत महिना सीमा नजिकै तालिम लिइरहेका छ जनाको रुसी आक्रमणमा मृत्यु भएको थियो, जसलाई एक युक्रेनी विपक्षी नेताले सेनाको नेतृत्वद्वारा गरिएको ‘अपराध’को संज्ञा दिएका थिए ।
“आज, जुन १ मा युक्रेनी सेनाको एक तालिम इकाई अवस्थित स्थानमा मिसाइल आक्रमण गरेको युक्रेनी सेनाले एक विज्ञप्तिमा जनाएको छ ।”
स्थानीय समय अनुसार दिउँसो १२:५० बजे सम्म कम्तीमा १२ जनाको मृत्यु भएको र ६० भन्दा बढी घाइते भएको पुष्टि भइसकेको छ ।
यसबाहेक, आइतवार नै रुसी सेनाले युक्रेनको उत्तर सुमी क्षेत्रमा अर्को गाउँ आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । उक्त क्षेत्रमा मस्कोले नयाँ स्थलआधारित आक्रमण सुरु गर्न सक्ने भन्दै कीभले चिन्ता व्यक्त गरेको छ ।
युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीका अनुसार, रुसले हालका हप्ताहरूमा सुमी क्षेत्रमा कैयौं बस्तीहरू कब्जा गरिसकेको र सीमा पारि ५० हजार भन्दा बढी सैनिकहरू परिचालन गरिसकेको छ ।
सुरक्षा कारणवश सो क्षेत्रमा २०० भन्दा बढी गाउँहरूबाट सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन् । (एएफपी)

रूसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका

एकै दिनमा दुई हजारभन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता

अमेरिकाद्वारा नाइजेरियाली नागरिकको अस्थायी भिसामा कडाइ
चीनको पाँच वर्षे योजनामा हरित विकास प्राथमिकतामा, ऊर्जा खपतमा ११.६ प्रतिशत ग…

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

'जलवायु परिवर्तनले युरोपको तापक्रम चार डिग्रीसम्म बढी'

चीनमा २०० बालबालिकालाई विषाक्त सिसा दिएको आरोपमा प्रिन्सिपल पक्राउ

प्रतिक्रिया