लुइँटेल नेतृत्वमा स्कल नेपालको नयाँ कार्यसमिति चयन

काठमाडौँ- पर्यटन व्यवसायमा क्रियाशीलहरुको अन्तर्राष्ट्रिय सञ्जाल स्कल इन्टरनेशनल नेपालको अध्यक्षमा रमेश लुइँटेल निर्वाचित भएका छन् । काठमाडौंको अलफ्ट होटलमा सम्पन्न स्कल नेपालको २५औँ वार्षिक साधारणसभाले लुइँटेलको नेतृत्वमा १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
नवगठित कार्यसमितिको प्रथम उपाध्यक्षमा विजय अमात्य, द्वितीय उपाध्यक्षमा योगेन्द्र थापा चयन भएका छन् । महासचिवमा सञ्जीव पाठक र कोषाध्यक्षमा रुपेश जोशी चयन भएका छन् । साथै सदस्यमा सर्वोत्तम एल श्रेष्ठ, जनपाल थापा, पंकज प्रधानांग, युवराज श्रेष्ठ र शर्मिला केभी काफ्ले चयन भएको जनाइएको छ ।
स्कल नेपालका निवर्तमान अध्यक्ष महेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन पूर्वअध्यक्षद्वय प्रविण पाण्डे, भोला थापा र आरआर पाण्डेले संयुक्त रूपमा गरेका थिए ।
साधारणसभामाको अवसरमा सँस्थामा उल्लेखनीय योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । त्यस अवसरमा स्वर्गीय अम्बिका श्रेष्ठलाई मरणोपरान्त उपाधिबाट सम्मानित गरिएको थियो भने स्वर्गीय वसन्त मिश्रलाई वन्यजन्तु पर्यटनमा अग्रणी योगदानका लागि श्रद्धाञ्जली दिइएको थियो । वातावरण संरक्षणमा लामो समयदेखि सक्रिय वरिष्ठ सदस्य नवराज घिमिरे र स्कल सचिवालयकी कार्यालय प्रमुख कल्पना श्रेष्ठलाई विशेष सम्मान प्रदान गरिएको थियो ।
महासचिव सञ्जीव पाठकले स्कल नेपालको चार सदस्यीय प्रतिनिधिमण्डल अध्यक्ष निर्वाचित रमेश लुइँटेलको नेतृत्वमा आगामी जुन २६–२९ मा श्रीलंकामा हुने स्कल एशिया कांग्रेसमा सहभागी हुने जानकारी गराउनुभयो ।
सन् १९३४ मा स्थापित स्कल इन्टरनेशनल पर्यटन व्यवसायमा क्रियाशीलहरुको अन्तर्राष्ट्रिय सञ्जाल हो । जसले मित्रता, सद्भावना र उत्तरदायी पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । स्कल नेपालले स्कल नाइट, स्कल फण्डराइजिङ, कार र्याली, स्कल एड, स्कल रिट्रिट, फार्म ट्रिप, स्कल टक्स, स्कल हेरिटेज टुर, स्कल नेचर वाक्स, थावान फेस्ट, स्कल वाइल्डलाइफलगायतका कार्यक्रम गर्दै आएको छ ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

सरकार र यातायात व्यवसायीबीच ६ बुँदे सहमति

पर्यावरणीय चेतनाको कमीले जलथलमा मासिँदै दुर्लभ जीव र वनस्पतिहरु

नेपालमा पहिलो पटक ‘मलबर हिस्टिलिङ’ चरा अभिलेख

सार्वजनिक सवारीसाधन नचल्दा यात्रुलाई सास्ती

व्यवसायीले सार्वजनिक यातायात बन्द गरेपछि सर्वसाधारणका लागि प्रहरीले चलायो निः…

शिलान्यासको ६ वर्षपछि बल्ल नमूना सदरमुकाम निर्माण थालियो
_KBOLezfD8r_801b1ilnqfhcwhoywqzv8oacq9fdv1wkatlvs4mhxmyidbatfgq0x0lwtu9p_6orB7fk7TW_ynmevsghdlahnaapnj9wk3gzjhufvi3nnpqoiofsakbhnsupdd4wlmfadxpl.jpg)
प्रतिक्रिया