सप्तकोशीमा डल्फिना गणना

इटहरी (सुनसरी)- कोशी टप्पु वन्यजन्तु आरक्षले आजदेखि सप्तकोशी नदीमा पाइने डल्फिनको गणना सुरु गरेको छ । आरक्षले सप्तकोशीमा पाइने डल्फिनको गणना प्रत्येक वर्ष गर्दै आएको छ । यहाँ पाइने गंगेटिक प्रजातिको डल्फिनको गणना यस वर्ष आरक्षले सुरु गरेको हो ।
सप्तकोशीमा सन् २०२२ देखि नियमितरुपमा डल्फिनको गणना हुँदै आएको कोशी टप्पु वन्यजन्तु आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । उनले यस वर्ष राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी प्रदेश कार्यालय तथा काठमाडौँस्थित हिमालयन नेचर संस्थालगायतको प्राविधिक सहकार्यमा सुरु गरिएको बताए । उनले चेतनशील स्तनधारी जलचरको रूपमा चिनिने डल्फिन दुर्लभ मानिने जानकारी दिए ।
आरक्षका अनुसार गङ्गा सागरबाट कोशी नदीसम्मको यात्रा गर्ने यी डल्फिन सफा र गहिरो पानीमा विचरण गर्न मन पराउँछन् । चार दिनसम्म चल्ने गणना दुई विधिबाट सम्पन्न हुने बताइएको छ । सन् २०१२ मा ११ र २०१७ मा १७ डल्फिन देखिएपछि डल्फिनको संरक्षणलाई आरक्षले प्राथमिकता दिएको थियो । त्यसयता वार्षिक गणनाको अभ्यास थालिएको हो । आरक्षको तथ्याङ्कअनुसार २०२२ मा १७, २०२३ र २०२४ मा समानरुपमा १९ डल्फिन गणना गरिएको थियो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका कोशी प्रदेश संयोजक वीरेन्द्र गौतमले यस वर्ष डल्फिनको सङ्ख्या बढ्नसक्ने अनुमान व्यक्त गरे ।

पर्यावरणीय चेतनाको कमीले जलथलमा मासिँदै दुर्लभ जीव र वनस्पतिहरु

नेपालमा पहिलो पटक ‘मलबर हिस्टिलिङ’ चरा अभिलेख

सार्वजनिक सवारीसाधन नचल्दा यात्रुलाई सास्ती

व्यवसायीले सार्वजनिक यातायात बन्द गरेपछि सर्वसाधारणका लागि प्रहरीले चलायो निः…

शिलान्यासको ६ वर्षपछि बल्ल नमूना सदरमुकाम निर्माण थालियो
_KBOLezfD8r_801b1ilnqfhcwhoywqzv8oacq9fdv1wkatlvs4mhxmyidbatfgq0x0lwtu9p_A58UFq0BWO_6wr3nlqnrugfny2egzcb4xvm9knealsgasd4o82yuoqftnp6px7yluzmujo4.jpg)
भाडा बढाएका छैनौं, अफलाइन राइडदेखि होसियार : पठाओ
_2AHSkIig8X_2hruvsjdnd5wubtamfdgvprosr8lxpphr6byyzyt39gwpsmb1l9t8kgkr8ib_ecflIx0jsM_xjwvuyktwgltfoo0zs2jed1dbvqode03azsron71p2l2pga5djgojlfrrvn4.jpg)
अनिश्चितकालीन यातायात बन्द : चलेका छैनन् सार्वजनिक यातायात

प्रतिक्रिया