प्रचण्ड गणतन्त्रको संस्थापक हुन्, गणतन्त्र ढल्न खोज्दा परेको पीरले बोलेको कुरालाई अन्यथा मान्दैनौँ : लिङ्देन

काठमाडौँ- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफुहरुको आन्दोलनमा अहिलेजस्तै जनसमर्थन कायम रहे सरकारलाई झुक्न बाध्य बनाउने बताएका छन् ।
राजसंस्था र हिन्दू राज्य पुनस्र्थापनाको माग गर्दै संयुक्त जनआन्दोलन परिचालन समितिले गरेको आन्दोलनको तेश्रो दिन शनिबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै लिङदेनले राजसंस्था र हिन्दू राज्यको पक्षमा जनताको साथ प्राप्त भएको भन्दै यस्तै समर्थन कायम रहे सरकारलाई झुक्न बाध्य बनाउने बताए ।
राजावादीहरूले भाडामा मान्छे ल्याएर चुरीफुरी देखाएको प्रचण्डको अभिव्यक्तिप्रति लिङ्देनले गणतन्त्र हल्लिँदा सबैभन्दा ठूलो पिर प्रचण्डलाई परेको प्रतिक्रिया दिए ।
राम्रो भए पनि नभए पनि प्रचण्ड गणतन्त्रको संस्थापक भएकाले पिर परेको बेलामा बोलेका कुरालाई अन्यथा नमान्ने उनले बताए ।
अध्यक्ष लिङ्देनले गणतन्त्रको पक्षमा प्रदर्शन गर्न प्रचण्डले टाढा–टाढाबाट मान्छेहरू बोकेर ल्याएको र पार्टी प्यालेसमा भोज खुवाएको अनुभव सुनाएको समेत उल्लेख गरे । लोकतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चाइरहेको भन्दै यसलाई अन्त्य गरेरै छाड्ने उनले बताए । उनले हिजोका दिनमा राजसंस्था र दलहरुबाट भएका कमीकमजोरीलाई सुधार गर्दै राजा र गणतन्त्रबादीहरु अटाउने मौलिक व्यवस्थाका साथ मुलुकलाई अघि बढाउनुपर्ने धारणा राखे ।
राजसंस्था र हिन्दू राज्य पुनस्र्थापनाको माग गर्दै संयुक्त जनआन्दोलन परिचालन समितिले शनिबार काठमाडौंको शान्टिबाटीकादेखि बालुवाटारसम्म प्रदर्शन गरेका हुन् ।
दरबारमार्गमा प्रदर्शन गर्ने राजावादीको पूर्वनिर्धारित योजना रहेपछि प्रशासनले सो क्षेत्रमा निषेधाज्ञा जारी गरेपछि उनीहरुले बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा अभद्र व्यवहार गरेको भन्दै एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजावादीहरुले आइतबार काठमाडौंको नारायणचौर क्षेत्रमा प्रदर्शन गर्ने जनाएका छन् ।

राजावादीको काठमाडौँ उपत्यका बन्दको कार्यक्रम फिर्ता

प्रधानमन्त्री मधेश प्रदेशमा, ६४ सडकको एकैसाथ शिलान्यास

राजनीतिक संयन्त्र र पदाधिकारी बैठकको निर्णय प्रजातान्त्रिक विधिले चिन्दैनः नैनस…

खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

कमल थापा पक्राउ

रूसी कम्युनिष्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्तो

प्रतिक्रिया