भोटो जात्राको अवसरमा जावलाखेलमा बृहत खुल्ला रक्तदान कार्यक्रम
ललितपुर- रातो मच्छिन्द्रनाथको भोटो देखाउने ऐतिहासिक जात्राको पावन अवसरमा जेष्ठ १८ गते ललितपुरको जावलाखेलमा बृहत खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।
कार्यक्रम लायन्स क्लब अफ काठमाडौं क्रिएसनको अग्रसरतामा, लायन्स क्लब अफ काठमाडौं हाइल्यान्ड, इन्टिग्रिटी, गोदावरी क्रिएसन, हिमाल, हेल्थकेयर, इनोभेटिभ इन्टरप्रेनर्स, न्यू एरा, हेरिटेज तथा रेनबो क्लबहरूको संयुक्त सहयोगमा सम्पन्न हुँदैछ।
रक्तदान कार्यक्रम नेपाल टेलिकम, जावलाखेलको उत्तर ढोका नजिक बिहान ८:०० बजे सुरु भई दिउँसो २:०० बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा ललितपुर महानगरपालिका (पुल्चोक), नेपाल टेलिकम, र त्रिभुवन विश्वविद्यालय लायन्स ब्लड ट्रान्सफ्युजन एण्ड रिसर्च सेन्टर, कीर्तिपुरको सहकार्य रहनेछ।
स्मरण रहोस्, ललितपुर महानगरपालिका टी.यू. लायन्स ब्लड ट्रान्सफ्युजन एण्ड रिसर्च सेन्टरको कर्पोरेट पार्टनर समेत हो।
लायन्स क्लब अफ काठमाडौं क्रिएसनका संस्थापक अध्यक्ष लायन कृष्णप्रसाद सापकोटाका अनुसार, सामाजिक उत्तरदायित्व अन्तर्गत विगत ११ वर्षदेखि क्लबले नियमित रूपमा रक्तदान जस्ता सेवा मूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
भोटो जात्राको सांस्कृतिक अवसरमा आयोजना गरिने यस कार्यक्रमले “सेवा र समर्पण” को सन्देश दिने अपेक्षा गरिएको छ।

छ महिनापछि घर फर्किए तिङ्करवासी

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

भोजन लिपि स्वादको 'नेपाल हाउस' मा तेस्रो संस्करणको खाना प्रदर्शन

लुइँटेल नेतृत्वमा स्कल नेपालको नयाँ कार्यसमिति चयन

काभ्रेपलाञ्चोकमा अस्थायी आवास निर्माण

यातायात व्यवसायीलाई वार्तामा आउन गण्डकी सरकारको आह्वान

बच्चा कोरल्दै आगन्तुक चरा

प्रतिक्रिया