ट्राफिक सचेतना बढाउन ‘सडक सुरक्षा सप्ताह’

बढ्दो सवारीसाधन दुर्घटना घटाउन ट्रफिक प्रहरीले सचेतनामूलक कार्यक्रम ‘सडक सुरक्षा सप्ताह’ मनाउने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
जिल्ला ट्रफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले यही जेठ २२ गतेदेखि सातदिने साताव्यापी सचेतनामूलक कार्यक्रम सञ्चालन हुने बताए । पहिलो दिन जेठ २२ गते बिहीबार जिल्लाका जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, नागरिक समाजका प्रतिनिधि, यातायात व्यवसायी, चालक र यातायात मजदुरसहितको सहभागितामा प्रभातफेरी गरिने छ ।
यसैगरी २३ गते जलेश्वरमा सवारी दुर्घटना उद्धार अभ्यास, २४ गते सवारीसाधनको परीक्षण, २५ गते बर्दिबासमा रक्तदान, २६ गते सार्वजनिक सवारी चालकहरूको स्वास्थ्य परीक्षण र छैटौँ दिन जेठ २७ गते मोटरसाइकल चालकलाई लक्षित गरी हेल्मेट प्रयोगसम्बन्धी प्रशिक्षण कार्यक्रम, भारतीय सीमावर्ती सम्सी नाका नजिकको हुलाकी सडकको सम्सीचोकमा ट्राफिक सचेतनासम्बन्धी सडक नाटक प्रदर्शन गरिनेछ ।
सप्ताहको अन्तिम दिन जेठ २८ गते सञ्चारकर्मी तथा यातायात व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजनासँगै सप्ताहव्यापी कार्यक्रम समापन हुने प्रहरी निरीक्षक जोशीले बताए । रासस

मनसुन भित्रिएलगत्तै वर्षा र बाढी–पहिरो जोखिम
भोटो जात्राको अवसरमा जावलाखेलमा बृहत खुल्ला रक्तदान कार्यक्रम

सेवानिवृत्त भएपछि शीतलचिनी खेतीमा व्यस्त पराजुली

खोटेहाङमा निर्मित विद्यालयको प्रशासनिक भवन सञ्चालन

काठमाडौँको प्रदर्शनीमा राउटेले पहिलोपटक देखाए हस्त-शिल्पकला

सेनाको मेजर भन्दै ट्याक्सीकै भाडा नतिरेपछि …

राष्ट्रिय युवा उद्यमी सञ्जाल गठन, अध्यक्षमा सुशील पराजुली चयन

प्रतिक्रिया