संसदको अवरोध हटाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने प्रतिपक्षको अडान

काठमाण्डौ – सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गर्नुभएको छ । आज मुख्यगरी संसदको अवरोध हटाउने र बजेट माथिको छलफलका लागि समय निर्धारण गर्ने उद्देश्यले सभामुखले छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसहित विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिन समेत हुनुपर्ने मुख्य अडान राख्दै आएका छन् । जेठ १५ मा संसदको संयुक्त बैठकमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्थालाई ध्यानमा राखेर हिजो अवरोध नगरेको विपक्षी दलहरुले बताएका थिए । माग संवोधन नभए अबको संसद् चल्न नदिने माओवादी केन्द्रसहितका विपक्षी दलले अडान दोहोर्याएका छन् ।
आजको छलफलपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूले माग पूरा नहुँदासम्म सदन चल्न नदिने जानकारी गराएको बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पनि गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने धारणा राखेको जानकारी दिनुभयो । तर नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सदनको अवरोधका विषयमा औपचारिक कुराकानी नभएको बताउनुभएको छ । प्रतिनिधि सभाको अर्को बैठक जेठ २० गतेका लागि बोलाइएको छ ।

प्रचण्ड गणतन्त्रको संस्थापक हुन्, गणतन्त्र ढल्न खोज्दा परेको पीरले बोलेको कुरालाई …

आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउँछ : प्रधानमन्त्री ओली

राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

‘बजेटले अर्थतन्त्रका देखिएका समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको छ’

मोहम्मद आफताब आलमलाई मस्तिष्कघात, आइसीयूमा उपचार हुँदै

सभापति देउवाद्वारा नेता अधिकारीको निधनप्रति दुःख व्यक्त

विश्व शान्तिका लागि संस्कृति र सभ्यताबीच समझदारी आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

प्रतिक्रिया