आइतबार १८ जेठ, २०८२
Sunday, June 01, 2025

शहरी विकास मन्त्रालयमा प्रकाशमान : काठमाडौं सौन्दर्यकरण, उपत्यकाका नदि र कोरिडोरमा अर्बौ बजेट

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उपत्यकाको नदि प्रणाली सुधार्ने र केही नयाँ परियोजना उपत्यकाभित्र शुरु गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । जसअनुसार अहिले बजेटमा उहाँले गर्नुभएका प्रतिवद्धता सम्बोधन भएका छन् ।

उसो त, अहिलेको बजेटमा शहरी विकास मन्त्रालयले काठमाडौंमा विभिन्न शिर्षकमा अर्बौ बजेट विनियोजन भएको छ । काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद सिंह स्वयं काठमाडौंकै हुनुहुन्छ । उसो त उहाँले समहाल्नुभएको मन्त्रालय पनि शहरी विकासनै भएकाले पनि देशकै प्रमुख केन्द्र काठमाडौंले नयाँ बजेटमा महत्वपूर्ण स्थान पाएको छ । काठमाडौंलाई सुन्दर बनाउने, नदि स्वच्छ बगाउने, भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल बनाउने, पार्क विकास र काठमाडौंभित्र ४ स्थानमा व्यवस्थित शहर बनाउनका लागि अर्बौ बजेट विनियोजन भएको छ ।

यसअघिका बजेटमा काठमाडौं उपत्यकाले प्राथमिकता पाएन भन्ने गुनासो सुनिँदै आएको छ । अहिले मुख्य सत्तासाझेदार दल नेपाली कांग्रेसबाट प्रकाशमान सिंहले नेतृत्व गरेको सरकारले ल्याएको आव ०८२/८३ को बजेटमा भने काठमाडौं उपत्यकालाई बजेटले राम्रै सम्बोधन गरेको काठमाडौंवासी बताउँछन् । शहरी विकास मन्त्रालयको बजेट १ खर्ब १८ अर्ब ३४ करोड - काठमाडौंका नदि र कोरिडोरमा ३ अर्ब बागमती लगायत उपत्यकाका नदिलाई स्वच्छ बनाउन र काठमाडौं उपत्यकाभित्र कोरिडोर सडक विस्तार गर्न ३ अर्ब ४२ करोड विनियोजन

- अब हिमाल हेर्दै खेल काठमाडौंको पर्यटकीयस्थल जहरसिंहपौवामा स्टेडियम र गणेशमान सिंह पार्क बन्नेछ । जहरसिंह पौवाबाट हिमश्रृंखला हेर्दै खेल हेर्न सकिनेछ । जहरसिंह पौवामा २५ हजार सिट क्षमताको स्टेडियम बन्नेछ ।

- व्यवस्थित वस्ती विकास काठमाडौं उपत्यकाको ईशान, आग्नेय, तारकेश्वर र डुकुछापमा जग्ग विकास आयोजना सञ्चालन गरिनेछ । - युटिलिटि कोरिडोर काठमाडौं उपत्यका लगायत प्रमुख शहरहरुको सौन्दर्य तथा आधारभूत सेवाको गुणस्तर वृद्धि गर्न युटिलिटी कोरिडोरको अवधारणा कार्यान्वयन गर्ने

- नयाँ शहरमा प्राथमिकता मध्यपहाडी लोकमार्गका प्रमुख १० स्थानमा नयाँ शहर निर्माण कार्य अघि बढाउन १ अर्ब ७० करोड विनियोजन भएको छ । देशभरका विभिन्न शहरी पूर्वाधार निर्माण र स्तरोन्नतिका लागि ५ अर्ब ३६ करोड स्थानीय पुल तथा झोलुंगे पुल निर्माणका लागि ८ अर्ब ९० करोड विनियोजन - १ हजार घर निर्माण जनता आवास कार्यक्रमअन्तर्गत १ हजार घर निर्माण ।

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत ५ हजार घरको फुृसको छानो विस्थापन गर्न ७५ करोड विनियोजन - तराई मधेश प्राथमिकतामा तराई मधेश समृद्धि तथा स्थानीय पूर्वाधार पूर्वाधार सहयोग कार्यक्रमलाई निरन्तरता दिन १ अर्ब २ करोड विनियोजन - सडक पूर्वाधारमा जोड आर्थीक वर्ष ०८२/८३ मा ७ सय २७ किलोमिटर शहरी तथा तथा ग्रामिण सडक कालोपत्रे र स्तरोन्नती गरिने । ४६ सडक पुल र २ सय झोलुंगेपुल बनाउने ।