शनिबार १७ जेठ, २०८२
Saturday, May 31, 2025

अर्थतन्त्रमा सुधार ल्याउन बजेटमार्फत धेरै नीतिगत सुधार गरिएको छः अर्थमन्त्री पौडेल

काठमाडौं- उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले यसपटकको बजेटमार्फत धेरै नीतिगत सुधार गरेको बताएका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ मन्त्री पौडेलले आगामी आर्थिक बर्षको बजेट जेन जी पुस्ता र उत्पादनलाई महत्व दिएर ल्याएको बताए ।
बजेटको आकारः

- बजेटले आम्दानी खर्चको यथार्थपरक अनुमान गरिएको,
- पुँजीगत खर्चको विनियोजन बढाइएको, चालु खर्चलाई सीमाभित्र राखिएको र अन्तरसरकारी वित्त हस्तान्तरणमा वृद्धि गरिएको,
- राजस्वको लक्ष्य संशोधित अनुमानको ज्ञ७ प्रतिशत राखिएको,
- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको सीमाभन्दा रु। ज्ञघ अर्बले आन्तरिक ऋण कम प्रस्ताव गरिएको ९कुल गार्हस्थ उत्पादनको छ। छ प्रतिशतको सीमा प्राप्त भएकोमा छ।घ प्रतिशत मात्र प्रस्ताव गरिएको।

 नीतिगत सुधार
- वैकल्पिक विकास वित्तको उपयोग गर्ने नीति लिइएको,
- आयोजना व्यवस्थापन र खरिद प्रक्रियामा गरेको सुधारले पुँजीगत खर्च बढ्ने,
- सङ्‍घीय आयोजनाका लागि रु।घ करोडको मापदण्ड कार्यान्वयन गरिएको,
- मितव्ययीता र खर्च कटौतीका नीतिले चालु खर्च सन्तुलनमा राख्ने,
- जेठ १६ गतेपछि खरिद प्रक्रिया गर्न सकिने व्यवस्था,
- २५  करोडभन्दा बढिका आयोजनाको राष्ट्रिय ड्यासवोर्डबाट अनुगमन,
- अनुदानलाई लागतको अधिकतम् ५० प्रतिशतमा सीमित गरिएको,
- प्रदेश र स्थानीय तहले सन्तुलित बजेट ल्याउनुपर्ने व्यवस्था गरिएको,
- वन क्षेत्रको जग्गा उपयोगमा सरलीकरण गरिएको,
- सामाजिक सुरक्षा खर्च र स्वास्थ्य बीमालाई थप व्यवस्थित गरिएको,
-  कन्टिन्जेन्सी तथा परामर्शदाताको खर्चमा नियन्त्रण गरिएको, 
-  राष्ट्रिय परिचयपत्रलाई मूख्य आधार मानी सामाजिक सुरक्षा र सेवा प्रवाहलाई व्यवस्थित गराइएको,
-  विदेशी लगानी प्रवर्द्धनका लागि नीतिगत सुधारको प्रस्ताव गरिएको,

आर्थिक विधेयकतर्फ
 स्वास्थ्य जोखिम करको दायरा विस्तार( सुर्ती, खैनी, गुट्खा, पानमसला, सुगन्धित सुपारी, माउथ फ्रेसनर र हुक्का फ्लेवर समेतमा लाग्ने व्यवस्था गरिएको,
-   सुन तथा सुनको गहनाको खरिदमा विलासिता शुल्क लाग्ने व्यवस्था गरिएको (साविकमा यसको थ्रेसहोल्ड १०लाख रहेकोमा सो हटाइएको)

मूल्य अभिबृद्धि कर तर्फः
- डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न समाशोधन गृहमा लाग्दै आएको मुल्य अभिवृद्धि कर खारेज गरिएको,

अन्तःशुल्क तर्फ

-   सिमेन्टमा परिमाणको आधारमा अन्तस्शुल्क लाग्दै आएकोमा मूल्यको आधारमा अन्तस्शुल्क लाग्ने व्यवस्था गरिएको,
-प्रिमियम चुरोटमा ६ प्रतिशतका दरले र सस्तो चुरोटमा ३ प्रतिशतका दरले अन्तस्शुल्क वृद्धि गरिएको छ,

आयकर तर्फ
- भन्सार बिन्दुमा अग्रिम कर संकलन गर्नुपर्ने व्यवस्था खारेज गरिएको,
- कारोबार नगरेका वा शुन्य कारोबार गरेका करदाताले समेत न्यूनतम कर दाखिला गर्नुपर्ने प्रावधान खारेज गरिएको,
- होटल, रिसोर्ट तथा सूचना प्रविधि उद्योगबाट भएको आयमा बिशेष उद्योग सरह कर लाग्ने व्यवस्था गरिएको,
- स्टार्टअप व्यवसायलाई दिइएको ५ बर्ष सम्मको आयकर छुटको व्यवस्थालाई कारोबारको सीमा बढाई १० करोडसम्म बनाइएको,
-  विद्युतीय उर्जाबाट सञ्चालित सवारी साधन चार्जिङ्ग मेशिन उत्पादन तथा एसेम्बल गर्ने उद्योगलाई कारोबार शुरु गरेको मितिले पाँच बर्षसम्म आयकर छुट हुने व्यवस्था मिलाइएको,
- आन्तरिक राजस्व विभागबाट स्वीकृती प्राप्त अवकाश कोषहरुलाई अनिवार्य रुपमा कर्मचारी सञ्‍चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष वा निवृत्तभरण कोषमा आवद्ध हुनुपर्ने व्यवस्था गरिएको।


भन्सार महसुलतर्फ
- ग्रीन हाइड्रोजन, प्राकृतिक तथा प्राङ्गारिक मल उद्योगको लागि आवश्यक पर्ने मिल मेशिनरी उपकरणको पैठारीमा लाग्ने महसुल पूर्ण छुट गरिएको, 
- काठ सिजनिङ्ग गर्ने उद्योग, ऊर्जा उत्पादन, खेलकुद, विद्युतीय चार्जिङ्ग मेशिन उत्पादन तथा एसेम्बलिङ्ग गर्ने उद्योगलाई आवश्यक पर्ने मालबस्तु पैठारीमा १ प्रतिशत मात्र महसुल लाग्ने व्यवस्था गरिएको,

-  हाल महङ्गो र सस्तो मदिरा, वियर र वाइनमा परिमाणको आधारमा समान दरमा भन्सार महसुल लाग्दै आएकोमा अबदेखि मूल्यको आधारमा दरबन्दी तोकिएको। 

छुट तथा सहुलियत सम्बन्धी व्यवस्था 
-  मूल्य अभिवृद्धि करतर्फ लामो समयदेखि बिवरण नबुझाई बसेका ठूलो सङ्ख्यामा रहेका करदातालाई मौकास्वरुप बिवरण तथा कर बुझाएमा जरिवाना, थप दस्तुर र ब्याज मिन्हा दिने व्यवस्था गरिएको,  
- अन्तःशुल्कको बिवरण नबुझाउने लाई बिवरण तथा कर बुझाएमा जरिवाना, थप दस्तुर र ब्याज मिन्हा दिने व्यवस्था गरिएको,  
- निकासी पैठारी गर्ने उद्योगहरुले एक्जिम कोड लिँदा राख्नुपर्ने वैंक ग्यारेन्टीको व्यवस्था हटाइएको।

बजेट कार्यान्वयन योजना
- आयोजना व्यवस्थापनको क्षमता बढाउने,
-  समयमै दरबन्दी पदपूर्ति गर्नुपर्ने ९साउन मसान्तभित्र गरिसक्नुपर्ने व्यवस्था मिलाएको०,
-  नीतिगत सुधार र बजेट कार्यान्वयनमा विषयगत मन्त्रालयको अग्रसरता लिने, 
- शीघ्र निर्णय र अन्तरनिकाय समन्वय गर्ने।

बजेट कार्यान्वयनबाट हासिल हुने उपलब्धी 
-   आर्थिक गतिविधि विस्तार हुने,

-   निजी क्षेत्रको लगानी वृद्धि हुने,
-  रोजगारीको अवसर वृद्धि हुने,
-   पूर्वाधार आयोजनाहरु निर्धारित समयमै सम्पन्न हुने
-  ६  प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अनुमान।