पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

कास्की- पोखरा महानगरपालिका–२५ मर्दी खोलाको ड्याममा आज पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ ।
साथीहरुका साथमा पौडी खेल्न गएका माछापुच्छ्रे गाउँपालिका–६ अस्तामका १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियारको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनको गोताखोरसहितको उद्धार टोलीले उनीहरुको उद्धारको प्रयास गरेको थियो । अस्तामका ६ बालक मर्दीमा पौडी खेल्न गएका थिए । मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।
–––

सेवानिवृत्त भएपछि शीतलचिनी खेतीमा व्यस्त पराजुली

खोटेहाङमा निर्मित विद्यालयको प्रशासनिक भवन सञ्चालन

काठमाडौँको प्रदर्शनीमा राउटेले पहिलोपटक देखाए हस्त-शिल्पकला

ट्राफिक सचेतना बढाउन ‘सडक सुरक्षा सप्ताह’

सेनाको मेजर भन्दै ट्याक्सीकै भाडा नतिरेपछि …

राष्ट्रिय युवा उद्यमी सञ्जाल गठन, अध्यक्षमा सुशील पराजुली चयन

बोगटान फुड्सिल गाउँपालिकामा 'मातृभूमि महोत्सव' सम्पन्न

प्रतिक्रिया