सानाको विमानस्थलमा इजरायलको आक्रमण

काठमाडौँ- इजरायली युद्धक विमानहरूले बुधवार यमनको सानाको मुख्य विमानस्थल र हुथी सेनासँग सम्बन्धित धेरै विमानहरूलाई प्रहार गरेको इजरायली सेनाले जनाएको छ ।
इजरायली रक्षामन्त्री इजरायल काट्जले छुट्टै विज्ञप्तिमा आक्रमणले हुथी सेनाले प्रयोग गरेको अन्तिम विमानलाई ध्वस्त पारेको बताएका छन् । यो आक्रमण इजरायलले अपरेशन गोल्डेन ज्वेल भनिने अभियानको एक हिस्सा थियो ।
जुन अभियान इजरायलमा थप आक्रमण गर्ने हुथीहरूको क्षमतालाई कमजोर पार्ने उद्देश्यले गरिएको काट्जले बताए । साना अन्तर्राष्ट्रिय विमानस्थलका हुथी महानिर्देशक खालेद अल–शैफले इजरायली हवाई आक्रमणबाट यमनको राष्ट्रिय यमेनिया एयरलाइन कम्पनीको चौथो विमान ध्वस्त भएको बताए ।
उत्तरी यमनको धेरैजसो भाग नियन्त्रण गर्ने हुथीहरूले नोभेम्बर २०२३ देखि इजरायललाई लक्षित गर्दै आएका छन् । जसलाई उनीहरूले प्यालेस्टिनीहरूसँगको ऐक्यवद्धताको कार्य भन्छन् । समूहले इजरायलले आफ्नो सैन्य अपरेशन र गाजाको नाकाबन्दी समाप्त गरेमा आक्रमणहरू बन्द गर्ने बताएको छ । सिन्ह्वा

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया