यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५५ रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८४ रुपैयाँ ५८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८८ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९८ रुपैयाँ नौ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०६ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ तीन पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १७ पैसा र बिक्रीदर चार रुपैयाँ १९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १० पैसा र बिक्रीदर ३७ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९३ पैसा र बिक्रीदर नौ रुपैयाँ ९७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ १९ पैसा र बिक्रीदर १४ रुपैयाँ २५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ६९ पैसा र बिक्रीदर २० रुपैयाँ ७९ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ दुई पैसा र बिक्रीदर ४४५ रुपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ पाँच पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ र बिक्रीदर ३५५ रुपैयाँ ५६ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

एमसीसीबाट आगामी वर्षमा ६ अर्ब अनुदान आउने सरकारलाई आश

आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

स्टार्टअप उद्यमीलाई ३ प्रतिशत ब्याजदरमा ऋण

मृर्गौला प्रत्यारोपणपछि सगरमाथा विजयः पेम्बाको साहसिक यात्रामा एनसेल फाउन्डेसन…

यस्तो थियो नेपालको पहिलो बजेट (पूर्णपाठ)

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाट ई-कम डलर कार्डमा रियल टाइम लोड…

साढे १९ खर्ब बराबरको बजेट आज आउँदै

प्रतिक्रिया