मधेस प्रदेशसभाको पाँचौँ अधिवेशन जेठ २१ देखि

जनकपुर- मधेस प्रदेशसभाको पाँचौँ अधिवेशन यही जेठ २१ गतेदेखि हुने भएको छ। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता शत्रुधन यादवले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखबाट जेठ ११ गते बसेको प्रदेश सरकारको बैठकको निर्णय अनुसार प्रदेशसभाको अधिवेशन आह्वान गरिएको जानकारी दिएका हुन्।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) अनुसार अधिवेशन आह्वान गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। ‘प्रदेश प्रमुखबाट प्रदेश सरकार (मन्त्रिपरिषद्) को जेठ ११ गतेको बैठकबाट प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान गर्ने निर्णयानुसार सिफारिस भई आए बमोजिम नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम विसं जेठ २१ गते बुधबार दिउँसो १ बजेदेखि लागू हुने गरी मधेस प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ।

महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य शर्त हुनुपर्छ : उपराष्ट्रपति या…

राजावादी आन्दोलन आज पनि, प्रसाईं समुहको अलग्गै प्रदर्शन हुने

चार वटा संसदीय समितिको बैठक बस्दै

स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गरिने

वित्तिय अनुशासनले सकरात्मक परिणाम ल्याउँनेः डा. महत

बजेट विगतको निरन्तरतामै सीमितः प्रमुख प्रतिपक्ष

बजेटमा नयाँ के छ ?

प्रतिक्रिया