शुक्रबार १६ जेठ, २०८२
Friday, May 30, 2025

क्याटल र फोटोन मोटरबीच कमर्सियल भेहिकल इलेक्ट्रिफिकेसनका लागि सँगै अघि बढ्ने सम्झौता

काठमाण्डौं-क्याटल र फोटोन मोटरले गत फेब्रुअरी ८ तारिखमा चीनको फुजियान प्रान्तको निङ्दे सहरमा आयोजित एक समारोहमा आफ्ना १० वर्षे रणनीतिक साझेदारीका लागि एक सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौता अनुरुप अब दुवै कम्पनीले व्यावसायिक सवारी साधनहरूलाई इलेक्ट्रिफिकेसन गर्ने काम सँगै गर्ने छन्।

उनीहरूले प्रविधि विकास, अन्तर्राष्ट्रिय बजार विस्तार, सवारीसाधन र ब्याट्री सेवा र सम्पूर्ण उद्योग प्रणाली निर्माणमा आ-आफ्नो क्षमता प्रयोग गरेर फलदायी साझेदारी गर्ने योजना बनाएका छन् । यो साझेदारी चीनको दुई ठूला
कम्पनीहरू फोटोन मोटर (व्यावसायिक सवारी निर्माणकर्ता) र क्याटल (पावर ब्याट्री बनाउने कम्पनी) बीचको सहकार्य हो जसले ग्रीन इनर्जीतर्फको रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नेछ। यसले नयाँ ऊर्जामा आधारित व्यावसायिक सवारी प्रविधिको विकासमा गति दिने अपेक्षा गरिएको छ।

फोटोन मोटरको स्थापना सन् १९९६ मा भएको हो र यो अहिले चीनको सबैभन्दा ठूलो व्यावसायिक सवारी निर्माता हो। सन् २०२१ मा यसले विश्वभर १ करोडभन्दा बढी गाडी बिक्री गर्दै चीनको अटोमोबाइल इतिहासमा छोटो समयमै यस्तो कीर्तिमान बनाउने चीनको स्वतन्त्र इन्टेलेक्चुअल प्रोपर्टी भएको पहिलो स्वदेशी ब्राण्डको रूपमा आफ्नो नाम बनाएको छ। फोटोनले लगातार २० वर्षसम्म चीनमा सबैभन्दा धेरै व्यावसायिक सवारी बेच्ने कम्पनीको स्थान कायम राखेको छ र यो १५ वर्षदेखि सबैभन्दा धेरै सवारी निर्यात गर्ने कम्पनी पनि हो। यसको सेवा तथा उत्पादन १३० भन्दा बढी देशहरूमा उपलब्ध छन्।

क्याटल भनेको विश्वमै अग्रणी न्यू इनर्जी प्रविधि कम्पनी हो। यसले विश्वभर न्यू इनर्जी सोलुसन्स उपलब्ध गराउँदै आएको छ । क्याटलको प्रविधि र उद्योगसम्बन्धी अनुभवले गर्दा उसले लगातार व्यावसायिक सवारीमा सबैभन्दा धेरै ब्याट्री आपूर्ति गर्ने कम्पनीको स्थान बनाएको छ।

यसको क्याटल टेकट्रान्स ब्रान्डले लजिस्टिक्स र सार्वजनिक यातायातका क्षेत्रमा विस्तृत उपयोगिताहरू प्रदान गर्दै बस, हल्का तथा भारी ट्रक र निर्माण उपकरणहरूको लागि लामो दूरी, फास्ट चार्जिङ र लामो आयु हुने ब्याट्री सोलुसन्स दिन्छ । चीनको सभ्यतामा आधारित भए तापनि विश्व संस्कृतिलाई अँगाल्दै क्याटल र फोटोन मोटरले आपसी सहकार्यको माध्यमबाट समृद्धि फैलाउने उद्देश्य राखेका छन्।

भविष्यमा क्याटलले अन्य उद्योग क्षेत्रका कम्पनीहरूसँग पनि सहकार्य गर्दै कमर्सियल भेहिकल ब्याट्री प्रविधिलाई अझ फैलाउने योजना बनाएको छ।

यामाहा नेपालद्वारा नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ सफलतापूर्वक सम्पन्न

यामाहा नेपालद्वारा नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ सफलतापूर्वक सम्पन्न

नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो “इज अन वालेट”

नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो “इज अन वालेट”

एमएडब्लू वृद्धि स्पीड चार्जर्सले जोमसोममा स्थापना गर्‍यो सबैभन्दा उच्च स्थानमा रहेको पहिलो सिसिएस २ ईभी चार्जिङ स्टेसन

एमएडब्लू वृद्धि स्पीड चार्जर्सले जोमसोममा स्थापना गर्‍यो सबैभन्दा उच्च स्थानमा रहे…

इन्डोनेसियामा सेरेस थ्रीले जित्यो तीन वटा उत्कृष्ट ईभी अवार्ड

इन्डोनेसियामा सेरेस थ्रीले जित्यो तीन वटा उत्कृष्ट ईभी अवार्ड

२०२७ सम्ममा निसानले प्लान्टहरू बन्द गर्ने, २० हजार रोजगारी कटौती गर्ने

२०२७ सम्ममा निसानले प्लान्टहरू बन्द गर्ने, २० हजार रोजगारी कटौती गर्ने

रिड्डारा आरडी सिक्स इभी पिकअपद्वारा नेपालमा एक्सचेन्ज योजना सार्वजनिक

रिड्डारा आरडी सिक्स इभी पिकअपद्वारा नेपालमा एक्सचेन्ज योजना सार्वजनिक

चर्चामा हुवावेको आइटो एमएट : सार्वजनिक हुनुअघि नै १ लाख गाडी अर्डर

चर्चामा हुवावेको आइटो एमएट : सार्वजनिक हुनुअघि नै १ लाख गाडी अर्डर

हुन्डाई नेपालद्वारा ईटहरी र विराटनगरमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना

हुन्डाई नेपालद्वारा ईटहरी र विराटनगरमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया का…