लमजुङमा आगलागी, महिलाको मृत्यु

लमजुङ- सुन्दर बजार नगरपालिका–९ बुद्धटोलस्थित भरत थापाको घरमा आगलागी हुँदा भाडामा बसेकी एकल महिलाको जलेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार दोर्दी गाउँपालिका–१ की ७० वर्षीया मिठी थापाको मृत्यु भएको हो ।
आज बिहान करिब ३:३० बजे आगलागी भएपछि प्रहरी र स्थानीयले उहाँ बस्नु भएको कोठाको ढोका फोरेर उनलाई उद्धार गरेका थिए । जलेर गम्भीर घाइते हुनुभएकी उहाँको बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

खोल्साको टिम्मुरबाट आम्दानी

‘एक घर, एक धारा’ बनेपछि स्थानीय हर्षित

नयाँ पुस्ताले चासो नदिँदा भेडापालन सङ्कटमा

ऐनापहरामा ‘स्काइवाक’ निर्माण गरिने

पर्यटकीय गन्तव्य बन्दै ‘बिपी भ्यू पोइन्ट’

बेनी खानेपानी आयोजनाको क्षमता विस्तार
एउटै ढुङ्गाबाट मालिका मन्दिर पुनःनिर्माण

प्रतिक्रिया