५० हजारभन्दा बढी बङ्गलादेशी नागरिकको रोजगारी गुम्यो

ढाका- बङ्गलादेशमा युएसएआइडीको सहयोगमा सञ्चालित ५९ मध्ये ५५ वटा कार्यक्रम बन्द हुँदा विकास क्षेत्रमा रोजगारी गुमेको छ भने ५० हजारभन्दा बढीले रोजगारी गुमाएका छन् ।
एशोसिएसन अफ बेरोजगार विकास व्यवसायी (एयूडीपी) की संयोजक जिनत आरा अफ्रोजले मङ्गलबार ढाकामा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।
एक लिखित वक्तव्य पढेर सुनाउँदै उहाँले यी परियोजना र सम्बद्ध परियोजनाहरूमा संलग्न ५० हजारभन्दा बढी पेशेवरहरूले रोजगारी गुमाएको र देशले ७० करोड अमेरिकी डलर बराबरको विकास सहायता गुमाएको बताएका छन् ।
उहाँले तत्काल एयूडीपीसँग वार्ता गरेर समस्याको समाधान खोज्न माग पनि गरे ।
यूएसएआईडी बङ्गलादेशले जनवरी २५ मा आफ्ना परियोजना कार्यान्वयन साझेदारहरूलाई लेखेको पत्रमा भनिएको छ, “अन्य देशहरूसँगै एजेन्सीले बङ्गलादेशमा करार, कार्य आदेश, अनुदान, सहकारी सम्झौता वा अन्य सहायता वा खरीद उपकरणहरू अन्तर्गत कुनै पनि काम तत्काल बन्द वा निलम्बन गर्ने घोषणा गरेको छ ।”
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको सबैभन्दा ठूलो मानवीय दातृ निकाय युएसएआइडीको आर्थिक सहयोगसम्बन्धी कार्यक्रम पुनरावलोकन गर्न सबै देशलाई दिइने विकास सहायता ९० दिनका लागि स्थगन गर्ने कार्यकारी आदेश जारी गरेका थिए । (एएफपी)

चीनमा खेले रोबोटहरूले बक्सिङ, एआइ टिमले जित्यो उपाधि

गाजा युद्धको ६ सय दिन : ५४ हजार बढीको मृत्यु, लाखौं भोकमरीमा
विद्यार्थी भिसा रद्द गर्ने अमेरिकी निर्णयलाई ‘अनुचित’ भन्दै चीनद्वारा आलोचना

सुडानको राजधानीमा हैजाको प्रकोप, २ दिनमा ७० जनाको मृत्यु

६ वर्षकी छोरी बेचेको आरोपमा दक्षिण अफ्रिकी महिलालाई आजीवन कारावास
युक्रेनलाई ५० करोड डलर ऋण दिन आइएमएफ सहमत
श्रीलङ्काका पूर्वमन्त्रीलाई भ्रष्टाचारको आरोपमा २५ वर्षसम्मको जेल सजाय

प्रतिक्रिया