नेपालमा वंशवादमा आधारित निरङ्कुश राजतन्त्र सम्भव छैन : अध्यक्ष दाहाल

गोरखा- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा वंशवादमा आधारित निरङ्कुश राजतन्त्र अब असम्भव भएको बताउनुभएको छ । गोरखास्थित भीमसेन थापा गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै उहाँले राजावादीले गर्न लागेको भनिएको आन्दोलनतर्फ लक्षित गर्दै २१ औँ शताब्दीको युगमा निरङ्कुशतन्त्र र वंशवादलाई जनताले स्वीकार गर्न नसक्ने बताउनुभयोे ।
नेपाली जनताले युद्ध र आन्दोलनबाट ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले फर्काउन नसक्ने अध्यक्ष दाहालको भनाइ छ । “राजावादी आन्दोलनका नाममा तीनकुने घटनापछि एउटा पात्र पछाडि राखेर फेरि अर्को पात्र सिङ्गारपटार गरेर अगाडि ल्याउन खोजिएको छ”, उहाँले भन्नुभयो, “यही १५ गतेदेखि फेरि आन्दोलनको कुरा गरिरहेका छन्, त्यो सफल त हुनेवाला छैन, तर पनि हामी सजग त हुनुपर्छ ।”
अध्यक्ष दाहालले जनतामा नैरास्यता बढाउने काम नगर्न आफूहरूले सरकारलाई पनि निरन्तर खबरदारी गर्दै आएको बताउनुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएपछि नेपालमा गुणात्मक सुधार आएको उल्लेख गर्दै यसलाई थप सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
शान्ति, संविधानसभा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको निम्ति कांग्रेस र माओवादीबीच ऐतिहासिक सम्बन्ध बनेको भन्दै उहाँले शान्तिलाई दिगो बनाउनका लागि दुई दल मिलेर जानुको विकल्प नभएको उल्लेख गर्नभयो । “राजनीति र अरु कुरामा आफ्ना–आफ्ना फरक मत र विचार भए पनि शान्ति सम्झौतालाई दिगो बनाउन हामी मिलेर जानुको विकल्प छैन”, अध्यक्ष दाहालको भनाइ थियो ।

वडा तहसम्म मौसम पूर्वानुमान सूचना सम्प्रेषण गर्नेगरी काम भइरहेको छ : उर्जामन्त्र…

दिगो किसिमका खानेपानी आयोजना अघि बढाइने
सडक स्तरोन्नतिमा क्षति हुने घरटहराको क्षतिपूर्ति उपलब्ध गराइने

‘गणतन्त्र उत्सव कसैको विरोध लक्षित हैन’ : महासचिव पोखरेल

युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

लगानी बोर्ड बैठक: रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस गर्न कार्यद…

यस बर्ष जेठ १८ गतेदेखि असोज १४ मनसुन अवधि हुने

प्रतिक्रिया