दिगो किसिमका खानेपानी आयोजना अघि बढाइने

खानेपानीमन्त्री प्रदीप यादवले देशमा दिगो किसिमका खानेपानी आयोजनालाई सशक्त रूपमा अगाडि बढाउने बताएका छन्। मंगलबार हेटौँडा उपमहानगरपालिका–१६ को बृहत शक्ति खानेपानी आयोजना उद्घाटन गर्दै मन्त्री यादवले भने, “सरकार स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि हरदम प्रयासरत छ ।”
सो कार्यक्रमका विशिष्ट अथिति एवं प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहले बृहत शक्ति खानेपानी आयोजना हेटौँडालगायत आसपासका हजारौँ घरधुरीमा स्वच्छ र सुरक्षित पानी पु¥याउने योजनाको मूर्तरूप भएको बताए ।
खानेपानी तथा सरसफाइको दीगो विकासको लक्ष्य हासिल गर्न तीनै तहको सरकारको प्रयास आवश्यक रहेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जीनीयर रामकुमार श्रेष्ठले बताए । उनले भने, “खानेपानी तथा ढल व्यवस्थापन विभागले सबै स्थानीय तहको खानेपानी, सरसफाइ र स्वच्छता कार्ययोजना (वास प्लान) बनाउन सहयोग गरिरहेको छ ।”
बृहत शक्ति खानेपानी आयोजनामार्फत यहाँका आठ हजार ७१९ घरपरिवार लाभान्वित हुने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौँडाका प्रमुख पूर्णप्रसाद उपाध्यायले जानकारी दिए । उक्त आयोजना कूल रु छ करोड ६७ लाख ६७ हजार २६३। ९२ मा सम्पन्न भएको हो ।

वडा तहसम्म मौसम पूर्वानुमान सूचना सम्प्रेषण गर्नेगरी काम भइरहेको छ : उर्जामन्त्र…

नेपालमा वंशवादमा आधारित निरङ्कुश राजतन्त्र सम्भव छैन : अध्यक्ष दाहाल
सडक स्तरोन्नतिमा क्षति हुने घरटहराको क्षतिपूर्ति उपलब्ध गराइने

‘गणतन्त्र उत्सव कसैको विरोध लक्षित हैन’ : महासचिव पोखरेल

युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

लगानी बोर्ड बैठक: रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस गर्न कार्यद…

यस बर्ष जेठ १८ गतेदेखि असोज १४ मनसुन अवधि हुने

प्रतिक्रिया