बुधबार १४ जेठ, २०८२
Wednesday, May 28, 2025

युवासंघको निर्वाचनमा क्षितिजलाई पछ्याउँदै सुमन

काठमाडौं- नेकपा (एमाले)को प्रमुख जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालको दशौँ महाधिवेशनको मतगणनामा अध्यक्षमा क्षितिज थेबे र सुमन पुरीबीच कडा प्रतिस्पर्धा भइरहेको छ । क्षितिज थेबेले ६०७ र सुमन पुरीले ५०७ मत ल्याएका छन् ।

मंगलबार बिहान १० बजेदेखि भएको मतदानका क्रममा ३६० जना प्रतिनिधि अनुपस्थित भए । राष्ट्रिय युवा संघको महाधिवेशनमा जम्मा १ हजार ७६४ प्रतिनिधि थिए । तर १ हजार ४ सय ४ जनाले मात्रै नयाँ नेतृत्वका लागि मतदान गरेका छन् ।