क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक पक्राउ परेका छन । सो अभियोगमा टोखा नगरपालिका बस्ने खोटाङ वराहपोखरी गाउँपालिका–५ घर भएकी ३४ वर्षीया सम्झना राईलाई प्रहरीले पक्राउ गरेको हो ।
सम्झनाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१६ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा

विदेश बस्ने आफन्तलाई रातो च्याउ कोसेली

सशस्त्र प्रहरीद्धारा रौतहटमा “विपद् स्वयंसेवक'' तयार गरिँदै

भन्सार छलीका १३ लाख बराबरको अवैध सामानसहित पक्राउ

नेपाल टेलिकमको जिप दुर्घटना, तीन जनाको मृत्यु

लाटभिया र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

म ६० वर्षको उमेरसम्म सगरमाथा शिखरमा जान सक्छु : शेर्पा

प्रतिक्रिया