सशस्त्र प्रहरीद्धारा रौतहटमा “विपद् स्वयंसेवक'' तयार गरिँदै

रौतहट- रौतहटमा प्रत्येक बर्ष वर्षायाममा हुने गरेको विपदजन्य घटनामा साथ सहयोगको लागि सशस्त्र प्रहरी बलले स्थानीय युवाहरुलाई विपद स्वयंसेवकको रुपमा परिचालन गर्न तयारी सुरु गरेको छ।
युवाहरू लाई तयारी स्वरूप सशस्त्र प्रहरी बल नेपाल गण नं. ११ हेक्वा रौतहटको आयोजनामा मंगलवार देखी “विपद् स्वयंसेवक आधारभूत तालिम” सुरु गरेको हो। समुदायस्तर मै विपद् प्रतिकार्य क्षमताको विकास गर्न र तत्काल उद्धार कार्यमा स्थानीयको सक्रियता बढाउन तालिम सञ्चालन गरिएको सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतले न्युज कारखानालाई बताए । स्वयंसेवक तालिममा गढीमाई नगरपालिका, माधव नारायण नगरपालिका, राजदेवी नगरपालिका, र कटहरिया नगरपालिकाका गरी कुल ३७ जना युवाहरु सहभागी छन्। तालिमको अवधि १८ दिनको हुनेछ।
एसपी बस्नेतको नेतृत्वमा सशस्त्र प्रहरीका बिशेषज्ञहरुले तालिम दिने जनाईएको छ। तालिममार्फत विपद् पूर्वतयारी, प्राथमिक उपचार, खोज तथा उद्धार कार्य, विपद् व्यवस्थापनमा प्रयोग हुने उपकरण तथा सामग्रीको प्रयोग सम्बन्धी जानकारी दिइनेछ।
सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापनमा स्थानीय समुदायलाई सशक्त बनाउने उद्देश्यसहित देशभर विभिन्न स्थानमा यस किसिमको तालिम सञ्चालन गर्दै आएको छ। तालिमबाट स्थानीय तहमा विपद् स्वयंसेवक उत्पादन गरी सम्भावित विपद्का घटनामा तीव्र र प्रभावकारी प्रतिकार्य गर्ने लक्ष्य राखिएको सशस्त्र प्रहरीले जनाएको छ।

टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा

विदेश बस्ने आफन्तलाई रातो च्याउ कोसेली

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

भन्सार छलीका १३ लाख बराबरको अवैध सामानसहित पक्राउ

नेपाल टेलिकमको जिप दुर्घटना, तीन जनाको मृत्यु

लाटभिया र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

म ६० वर्षको उमेरसम्म सगरमाथा शिखरमा जान सक्छु : शेर्पा

प्रतिक्रिया