भन्सार छलीका १३ लाख बराबरको अवैध सामानसहित पक्राउ

पर्सा- पर्सास्थित प्रहरी गस्ती टोलीले भन्सार छलीको बिभिन्न औषधी, गाडी सहित मानिस पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा जिल्लाको विन्दवासिनी गाउँपालिका ४ स्थित मधवल सडकखण्ड हुँदै भारतबाट भन्सार छली गरी ल्याइएका अवैध औषधिसहित गाड़ी र एकजना युवकलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ना.५ च २४८३ नम्बरको पिकअप गाडीलाई जाँच गर्दा विभिन्न प्रकारका औषधिहरू अवैध रूपमा लोड गरिएको बरामद भएको छ। औषधिहरूको कुनै पनि भन्सार बिलबिजक नभेटिएपछि गाडीसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चालक बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ५ निवासी २४ वर्षीय सुनिल कुमार राम रहेको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताएका छन्। बरामद औषधिको अनुमानित मूल्य १२ लाख ७८ हजार ५२० रुपैयाँ बराबर रहेको एसपी मिश्रले जानकारी दिएका छन्। पक्राउ परेका व्यक्ति, पिकअप गाडी र बरामद औषधिहरू थप अनुसन्धान र कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा

विदेश बस्ने आफन्तलाई रातो च्याउ कोसेली

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

सशस्त्र प्रहरीद्धारा रौतहटमा “विपद् स्वयंसेवक'' तयार गरिँदै

नेपाल टेलिकमको जिप दुर्घटना, तीन जनाको मृत्यु

लाटभिया र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

म ६० वर्षको उमेरसम्म सगरमाथा शिखरमा जान सक्छु : शेर्पा

प्रतिक्रिया