सङ्खुवासभाका ८० प्रतिशत घरधुरीमा विद्युत् पुग्यो

खाँदबारी (सङ्खुवासभा)- हिमाली जिल्ला सङ्खुवासभाको ८० प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको छ । आज खाँदबारीमा आयोजना गरिएको सरोकारवालासँगको छलफल कार्यक्रममा विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरका प्रमुख राजिव सिंहले बाँकी २० प्रतिशत घरधुरीमा पनि छिट्टै विद्युत् पुर्याउने तयारी भइरहेको जानकारी दिए ।
यसैबीच विद्युत् प्राधिकरण सङ्खुवासभाले महसुल नतिर्ने ५४२ उपभोक्ताबाट रु ५९ लाख बक्यौता असुल गरेको जनाएको छ । सदरमुकाम खाँदबारी आसपास र चैनपुर बजार क्षेत्रमा महसुल नतिर्ने उपभोक्ताको विद्युत् काट्ने अभियान सञ्चालन गरेपछि १० महिनाको अवधिमा उक्त रकम सङ्कलन गर्न सफल भएको खाँदबारी वितरण केन्द्रका प्रमुख सत्रुधन यादवले बताए ।
त्यस्तै कालोसूचीमा परेका ग्राहकबाट थप रु छ लाख उठाइएको यादवले जानकारी दिए । प्राधिकरणका अनुसार सङ्खुवासभामा हाल २८ हजार ७३२ भन्दा बढी विद्युत् उपभोक्ता छन् । अघिल्लो आर्थिक वर्षमा महसुलबापत रु २४ करोड १९ लाख सङ्कलन गरिएको प्राधिकरणले जनाएको छ ।

‘मानवअधिकार संरक्षणमा सबैको दायित्व महत्त्वपूर्ण’

महिला तथा बालहिंसा न्यूनीकरण गर्न कानुनी परामर्श कार्यक्रम

जिल्ला अस्पताल खोटाङलाई ५० शय्यामा स्तरोन्नति गरिने

भेडेटारको स्काइवाकमा नायिका वर्षा शिवाकोटी, भन्छिन्- डरसँगै खुसीको अनुभव भयो
फाप्लु–काठमाडौँ सातामा चार दिन उडान हुने

हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित
भोजपुरको कोटमा प्रसूति भवन निर्माण

प्रतिक्रिया