लाटभिया र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लाटभिया र युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–२७ बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका-३ घर भएका ५८ वर्षीय सन्तकुमार चेम्जोङ र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–५ बस्ने बारा कोल्हवी नगरपालिका–२ घर भएका ४१ वर्षीय विष्णुराज उप्रेती रहेका छन् ।
पक्राउ मध्ये सन्तकुमारले लाटभिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ र विष्णुराजले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ७३ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्तकुमारलाई काठमाडौं महानगरपालिका–११ बाट आइतबार र विष्णुराजलाई काठमाडौं महानगरपालिका–११ बाट शुक्रबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा

विदेश बस्ने आफन्तलाई रातो च्याउ कोसेली

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

सशस्त्र प्रहरीद्धारा रौतहटमा “विपद् स्वयंसेवक'' तयार गरिँदै

भन्सार छलीका १३ लाख बराबरको अवैध सामानसहित पक्राउ

नेपाल टेलिकमको जिप दुर्घटना, तीन जनाको मृत्यु

म ६० वर्षको उमेरसम्म सगरमाथा शिखरमा जान सक्छु : शेर्पा

प्रतिक्रिया