२२ जना भारतीय सेनाले गरे एकैदिन सफल सगरमाथा आरोहण

काठमाडौँ- भारतीय सेनाको एक टोलीले सगरमाथाको सफल आरोहण गरेको छ।
आर्मी एडभेन्चर विंग रजत जयन्तीको अवसरमा भारतीय आर्मीको टोलीले सगरमाथाको सफल आरोहण गरेका हुन् ।
‘भारतीय सेनाको रजत जयन्ती सगरमाथा आरोहण टोलीलाई आज बिहान, २७ मे २०२५ मा सगरमाथा (८,८४८.८६ मिटर) को शिखरमा सफलतापूर्वक पुग्न सफल भएकोमा बधाई छ, उक्त अभियानको नेतृत्व लेफ्टिनेन्ट कर्णेल मनोज जोशीले गरेका थिए भने महानायक कामीरिता शेर्पाले टोलीको प्रमुख सरदार (लीड गाईड) को रूपमा सेवा गरेका थिए’ सेभेन सुमिट ट्रेकले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ।
जसअनुसार आज सफल आरोहण गर्ने भारतीय सैनिकको टोलीमा
१. लेफ्टिनेन्ट कर्नल भानु पाठक
२. महक मेहता
३. अनिरुद्ध यादव
४. कृष्णबहादुर कुँवर
५.तासी इस्तम्बा
६. इन्द्रसिंह अधिकारी
७. सुनिल सिंह
८. अर्जुन थापा मगर
९. शंकरनाथ गोस्वामी
१०. सुनिल बुढालकोटी
११. कुन्दन सिंह
१२. टुन्डुप नामगेल
१३. रघुवीर सिंह
१४. अर्गेन पद्मा
१५. दीपक सिंह
१६. रिग्जेन नुरबू
१७. त्सेवाङ मोटअप
१८. बलवंत सिंह
१९. भुवन आले मगर
२०. प्रदीप सिंह
२१. धर्मेन्द्र सिंह
२२. किरण बहादुर कुँवर
मुख्य मार्गदर्शकः
कामीरिता शेर्पा (३१ औं सगरमाथा शिखर)
दावा फिन्जो लामा (गाइड)
‘हामी आरोहीहरूको समर्पण, लगनशीलता र टोली भावनाको लागि प्रशंसा गर्दछौं, र सुरक्षित र राम्रोसँग समन्वयित आरोहण सुनिश्चित गर्नका लागि सम्पूर्ण चालक दललाई हार्दिक धन्यवाद दिन्छौं,’ उसले फेसबुक पेजमा लेखेको छ, ‘या उल्लेखनीय उपलब्धिले नेपाल–भारत पर्वतारोहण मित्रताको स्थायी शक्तिलाई पुनः प्रतिबिम्बित गर्दछ। यो सगरमाथा आरोहणले सगरमाथामा पहिलो भारतीय सेनाको अभियानको रजत जयन्ती पनि मनाइएको छ ।’

टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा

विदेश बस्ने आफन्तलाई रातो च्याउ कोसेली

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

सशस्त्र प्रहरीद्धारा रौतहटमा “विपद् स्वयंसेवक'' तयार गरिँदै

भन्सार छलीका १३ लाख बराबरको अवैध सामानसहित पक्राउ

नेपाल टेलिकमको जिप दुर्घटना, तीन जनाको मृत्यु

लाटभिया र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया