प्रधानमन्त्री ओलीको (इयू)को कालोसूचीबाट हटाउने गरि मापदण्ड पुरा गर्न निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हवाई उडान क्षेत्रलाई युरोपियन यूनियन (इयू)को कालोसूचीबाट हटाउने गरि मापदण्ड पुरा गर्न निर्देशन दिएका छन् ।
सोमबार सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन सम्वादमा प्रधानमन्त्री प्रचण्डले नेपालको आकाश सुरक्षित भए पनि युरोपको आकाश नेपालका लागि अझै प्रतिबन्धित रहेकोमा शर्तबमोजिम हवाइ क्षेत्रका दुई निकायलाई अविलम्ब अलग्याउन र अरु मापदण्ड पनि पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । इयूको कालोसूचीबाट हट्न सके युरोप लगाएतका ठाँउका पर्यटकहरुलाई नेपाल आउन सहज हुने उहाले बताउनुभयो । त्यस्तै प्रधानमन्त्री ओलीले नेपाल आउने पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झट नदिन समेत निर्देशन दिए ।
उनले अध्यागमनमा यात्रुलाई अनावश्यक दुःख दिने, लगेज हराउने, सीमानाकाहरुमा पर्यटकलाई प्रवेशमा अनेक बाहना बनाउने जस्ता कार्य अन्त्य हुनुपर्नेमा जोड दिए । पूर्वाधार विकाससँगै पर्यटन वृद्धिको कोशिश गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले अहिले मुलुकका सवै स्थानमा सम्पर्क सञ्जाल विस्तार गरिएको उल्लेख गरे । सम्बन्धित निकायबाट हुनुपर्ने सहजीकरणका काममा कुनै कमजोरी नगरी समृद्धिको आधारका रुपमा पर्यटनलाई अघि बढाउन उनले आह्वान गरे ।
छलफलमा क्रममा काठमाडौँ–मुग्लिन–पोखरा, बुटवल–पाल्पा–पोखरा, काठमाडौँ–धुलिखेललगायत मुख्य सडकहरु समयमै निर्माण, सीमानाकाहरुबाट पर्यटकको प्रवेशमा सहजता, युरोपियन मुलुकमा सिधा हवाई सम्पर्क, विश्वमञ्चमा नेपालको ब्राण्ङिङ, पर्यटन प्रवद्र्धनको गुरुयोजना निर्माण, नेपाल वायुसेवा निगमको पुनःसंरचना निर्माण लगाएतमा जोड दिइएको थियो ।

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया