बुधबार १४ जेठ, २०८२
Wednesday, May 28, 2025

कजारियाको नयाँ शोरूम जीतपुर, बारामा उद्घाटन

जीतपुर- भारतको टायल कम्पनी, कजारियाले जीतपुर, बारामा अत्याधुनिक शोरूम उद्घाटन गरेको छ । हिमाल ट्रेडिङ्गद्वारा सञ्चालित यस शोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका पूर्व मन्त्री कृष्ण कुमार श्रेष्ठको उपस्थिति रहेको थियो । यस अवसरलाई विशेष बनाउन, प्रमुख अतिथिले रिबन काटेर यस सेवाको शुभारम्भ गरे ।

समारोहलाई सम्बोधन गर्दै पूर्व मन्त्री कृष्ण कुमार श्रेष्ठले नयाँ शोरूमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गरे । उनले भने ‘जीतपुरमा कजारियाको यस नयाँ शोरूमको उद्घाटन क्षेत्रीय विकासतर्फको एक महत्त्वपूर्ण कदम हो । यस रणनीतिक विस्तारले स्थानीय व्यापारिक अवसरहरू बढाउनुका साथै
हाम्रा आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीहरूलाई अब उत्कृष्ट गुणस्तरका विश्वस्तरीय टायलहरू आफ्नै सहरमा सहज रूपमा उपलब्ध गराउनेछ।’

काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ३,००० भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गरेको जनाएको छ ।

कजारियाले ३०x३० से.मी., ३०x६० से.मी.,३०x४५ से.मी., ६०x६० से.मी., ६०x१२० से.मी. र १९.५x१२० से.मी. जस्ता विभिन्न साइजमा वाल र फ्लोर टाइल्सको विस्तृत र आकर्षक विकल्पहरू उपलब्ध गराउने जनाएको छ ।