भेडेटारको स्काइवाकमा नायिका वर्षा शिवाकोटी, भन्छिन्- डरसँगै खुसीको अनुभव भयो

भेडेटार (धनकुटा)- चर्चित नायिका वर्षा शिवाकोटी धनकुटाको भेडेटारमा रहेको स्काइवाकमा पुगेकी छन् । उनले स्काइवाकमा हिँड्दा डरसँगै खुसीको अनुभव भएको प्रतिक्रिया दिइन ।
चलचित्रको सुटिङको शिलशिलामा पूर्वको पर्यटकीय गन्तव्य मध्येको भेडेटारमा पुगेका बेला वन्डर्स ग्रुपले सञ्चालन गरेको स्काइवाकमा शिवाकोटी पुगेर मनोरञ्जन लिएकी हुन्।
वन्डर्स एम्युजमेन्ट पार्कस एण्ड अट्रयाक्सन्स प्रालिले निर्माण एवंम सञ्चालन गरेको स्काइवाक अवलोकन गर्दै शिवाकोटीले खुसी व्यक्त गरिन् । ‘पर्यटनको अथक सम्भावना रहेको मुलुकमा यस्तो खालको संरचनाहरु बन्नु आफैमा राम्रो हो,’ स्काइवाक अवलोकन पछि सिवाकोटीले भनिन् ‘डाडामा स्काइवाक बनाएर नयाँ गन्तव्यको रुपमा विस्तार गर्नु आफैमा सुखद पक्ष हो, सबैले साथ दिनुपर्छ।’
धनकुटाको साँगुरीगढी गाउँपालिका ४ र धरान उपमहानगरपालिका ६ को संगमस्थल भेडेटारस्थित चाल्र्स प्वाइन्टमा २० करोड रुपैयामा स्काइवाक निर्माण गरिएको हो। स्काइवाक निर्माणपछि यहाँको पर्यटकीय गतिविधि बढेको स्काइवाक भेडेटारका निर्देशन सुनिल भुसालले बताए।
स्काइवाकबाट भेडेघाटर बजार, धरानदेखि इटहरीसम्मको मनोरम दृश्य तथा चारकोसे झाडी, सानोपाथीभरा मन्दिर साँगुरीगढीलगायतको दृश्यावलोकन गर्न सकिन्छ। स्काइवाकको अनुभव लिनका लागि प्रतिव्यक्ति रु ५०० शुल्क तोकिएको छ।
स्काइवाकमा ३३ मिमि सिसाको प्रयोग गरिएको छ भने परियोजनामार्फत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा करिब १०० जनाले रोजगारी पाएका छन् । यहाँ स्वदेशीसँगै भारतीय र बंगलादेशी पर्यटक आउने गरेको स्काइ वाक भेडेटारका प्रवन्ध निर्देशक सञ्जीव रोक्काले बताए ।

पहिरोले एक घरमा क्षति, १२ घर जोखिममा

संस्कार, संस्कृतिको संरक्षणमा जुट्दै भोजपुरका ‘नेवार समुदाय’

कोशी प्रदेशमा लिम्बु र मैथली भाषा सरकारी कामकाजी भाषा बनाइने

कोशी प्रदेशसभाः विधेयक बहुमतले अस्वीकृत

२५ रोपनीमा अकबरे खुर्सानी खेती गरिरहेका राई

मृत्यु संस्कारमा कनकाई नगरले नगद सहयोग गर्ने

नक्कली नोटसहित दुई जना पक्राउ

प्रतिक्रिया