बिहीबार १५ जेठ, २०८२
Thursday, May 29, 2025

एमएडब्लू वृद्धि स्पीड चार्जर्सले जोमसोममा स्थापना गर्‍यो सबैभन्दा उच्च स्थानमा रहेको पहिलो सिसिएस २ ईभी चार्जिङ स्टेसन

काठमाडौँ- एमएडब्लू वृद्धि स्पीड चार्जर्सले नेपालको इतिहासमा नयाँ कीर्तिमान बनाएको छ। कम्पनीले जोमसोममा सिसिएस २ इलेक्ट्रिक गाडी (ईभी) चार्जिङ स्टेसन औपचारिक रूपमा उद्घाटन गरेको छ, जुन अब उच्च भूभागमा रहेका चार्जिङ स्टेसनहरूमा समावेश भएको छ। यो उपलब्धिले दुर्गम र कठिन भौगोलिक स्थानहरूमा पनि ईभी पूर्वाधार विकासमा कम्पनीको महत्वपूर्ण भूमिका पुष्टि गरेको छ।

जोमसोममा स्थापना गरिएको चार्जिङ स्टेसन केवल इन्जिनियरिङ उपलब्धि मात्र नभई, नेपालमा विद्युतीय सवारी साधन (ईभी) विकासको सुरुवाती कदम पनि हो। अब, यस्तो उच्च स्थानसम्म सिसिएस २ चार्जिङ सुविधा पुगेकाले ईभी प्रयोगकर्ताहरूले सुरक्षित रूपमा यात्रा गर्न र ग्रिनर नेपाल निर्माणमा योगदान दिन सक्नेछन्।

एमएडब्लू वृद्धिले हाल नेपालभर ११६ स्थानमा रणनीतिक रूपमा राखिएका सिसिएस २ चार्जिङ स्टेसनहरू सञ्चालनमा ल्याएको छ, जसले सहरभित्र मात्र होइन, जोमसोमजस्ता टाढाका ठाउँहरूमा पनि ईभी प्रयोगकर्ताहरूका लागि भरपर्दो सेवा सुनिश्चित गर्नेछ।

यस पहलले ईभी पूर्वाधार सुदृढ गर्नुका साथै जोमसोमजस्तो लोकप्रिय पर्यटकीय गन्तव्यमा दिगो पर्यटनलाई पनि प्रवर्द्धन गर्छ। जोमसोम नेपालको धेरै यात्रा गरिने ठाउँहरू मध्ये एक हो, जहाँ स्वदेशी र विदेशी पर्यटकहरूको भीड लाग्ने गर्दछ। पर्यावरणप्रेमी यात्रुहरूका लागि वातावरणमैत्री यात्रालाई सहज बनाउने दिशामा यो चार्जिङ स्टेशनको स्थापना एक ठूलो कदम हो।
समग्रमा, इनोभेसन र डिटरमिनेसको उत्कृष्ट समिश्रण देखिने यो उपलब्धिले ईभी प्रयोगकर्ता, वातावरणप्रेमी र सरकारी नीति निर्माताहरूबीच ठूलो विश्वास बढाउनेछ। साथै, एमएडब्लू वृद्धि स्पीड चार्जर्सको जहाँसुकै, जोकोहीका लागि सफा यातायात सम्भव गराउने सपनालाई अझ सहज बनाउने छ।

चार्जिङ स्टेसनको स्थान वा नेटवर्कसँग सम्बन्धित सूचनाहरू https://mawevcharging.com/ मा उपलब्ध रहेको जनाएको ट ।

क्याटल र फोटोन मोटरबीच कमर्सियल भेहिकल इलेक्ट्रिफिकेसनका लागि सँगै अघि बढ्ने सम्झौता

क्याटल र फोटोन मोटरबीच कमर्सियल भेहिकल इलेक्ट्रिफिकेसनका लागि सँगै अघि बढ्ने …

यामाहा नेपालद्वारा नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ सफलतापूर्वक सम्पन्न

यामाहा नेपालद्वारा नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ सफलतापूर्वक सम्पन्न

नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो “इज अन वालेट”

नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो “इज अन वालेट”

इन्डोनेसियामा सेरेस थ्रीले जित्यो तीन वटा उत्कृष्ट ईभी अवार्ड

इन्डोनेसियामा सेरेस थ्रीले जित्यो तीन वटा उत्कृष्ट ईभी अवार्ड

२०२७ सम्ममा निसानले प्लान्टहरू बन्द गर्ने, २० हजार रोजगारी कटौती गर्ने

२०२७ सम्ममा निसानले प्लान्टहरू बन्द गर्ने, २० हजार रोजगारी कटौती गर्ने

रिड्डारा आरडी सिक्स इभी पिकअपद्वारा नेपालमा एक्सचेन्ज योजना सार्वजनिक

रिड्डारा आरडी सिक्स इभी पिकअपद्वारा नेपालमा एक्सचेन्ज योजना सार्वजनिक

चर्चामा हुवावेको आइटो एमएट : सार्वजनिक हुनुअघि नै १ लाख गाडी अर्डर

चर्चामा हुवावेको आइटो एमएट : सार्वजनिक हुनुअघि नै १ लाख गाडी अर्डर

हुन्डाई नेपालद्वारा ईटहरी र विराटनगरमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना

हुन्डाई नेपालद्वारा ईटहरी र विराटनगरमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया का…