अमेजनका संस्थापक बेजोसको हुँदैछ भव्य विवाह, एक पाहुनाका लागि ७५ लाख खर्च

काठमाडौँ- बहुराष्ट्रिय प्रविधि कम्पनी अमेजनका संस्थापक जेफ बेजोस र उनकी मंगेतर लरेन सान्चेज विवाह बन्धनमा बाँधिने भएका छन् ।
उनीहरूको विवाह जुन २०२६ मा इटालीको भेनिसमा हुनेछ । यसका लागि तयारी सुरु भइसकेको छ ।
विश्वकै दोस्रो धनी व्यक्तिको विवाहको चर्चा विश्वभर भइरहेको छ । यो विवाहमा करिब २०० जनालाई मात्रै निम्तो दिइने रिपोर्टमा दाबी गरिएको छ ।
समाचार अनुसार प्रत्येक पाहुनाका लागि औसत ७५ लाख रुपैयाँ खर्च गरिने भएको छ, जसको कारण यो खर्चको निकै चर्चा परिचर्चा रहेको छ । केही रिपोर्टहरूले यो संसारको सबैभन्दा महँगो विवाह हुने दाबी गरिरहेका छन्।
यो विवाहको लागि अतिथिहरूको सूची तयार पनि तयार भइसकेको छ । समाचारका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का र ज्वाईं जेरेड कुशनरको नाम यस शाही विवाहमा अतिथिहरूको सूचीमा परेका छन् ।
यसबाहेक किम कार्दशियन, क्रिस जेनर, केटी पेरी र ओर्ल्यान्डो ब्लूम, ओप्रा विन्फ्रे, बिल गेट्स र मिरान्डा केरजस्ता ठूला नामहरू पनि समावेश भएका छन् ।

पुटिनको सुरक्षामा स्तरोन्नति, ड्रोन लिएर हिँड्न थाले अंगरक्षक

अस्ट्रेलियाको बालमैत्री नीतिः युट्युब प्रयोगमा नयाँ सीमा लागू हुँदै
म्यान्माको चुनावको आलोचना गर्नेलाई जेल सजाय

ग्वाटेमालामा शवदाह गृहमा आक्रमण, कम्तीमा सात जनाको मृत्यु

चीनमा बस दुर्घटनाः १० जनाको मृत्यु, चार जना अझै बेपत्ता

ट्रम्पद्वारा भारतमाथि २५ प्रतिशत आयशुल्क घोषणा, रुससँगको व्यापारप्रति चिन्ता व्यक्त

रूसको भूकम्पले जापानसम्म सुनामी, सतर्क हुन चेतावनी

प्रतिक्रिया