आयोजकले ‘वेश्या' झैँ बनाएको मिस इंग्ल्याण्डको आरोप, मिस वर्ल्डमा भाग नलिने

काठमाडौँ- जब मानिसहरूलाई आफ्नो काम गर्न मन लाग्दैन वा चिन्ता लाग्न थाल्छ तव तिनीहरू आफ्नो नाम र काम सबै छोडेर शान्तिको खोजीमा निस्कन्छन् । यो सामान्य मानिसको हकमा मात्रै हुँदैन, कहिलेकाहीँ ग्ला ग्लामरस जीवन जिउने मानिसले पनि यस्तो कदम चाल्छन् ।
यस्तै एउटा घटना बाहिर आएको छ, जहाँ मिस इङ्ल्यान्डको उपाधि जितेकी मिल्ला म्यागीले ‘मिस वर्ल्ड ब्यूटी कन्टेस्ट’मा भाग नलिने घोषणा गरेकी छिन् । तर, म्यागीले शो छोड्नुमा दिएको तर्क सुनेर मानिसहरू छक्क परेका छन्।
भारतमा केही समयपछि आयोजना हुन गइरहेको यो प्रतियोगिता छाडेर आयोजकमाथि शोषण गरेको आरोप मिला म्यागीले लगाएकी छिन् । शोषणका कारण ‘आफू वेश्या झैँ’ बनेर यो काम गरिरहेको अनुभूति भएपछि मिस वर्ल्डमा भाग नलिने निर्णय गरेको पनि जनाएकी छिन् । सो प्रतियोगिताबाट बाहिरिएको घोषणापछि पहिलो पटक प्रतिक्रिया दिँदै उनले आफ्नो निर्णयको पछाडि व्यक्तिगत कारणमात्रै रहेकी बताइन् ।
द सनसँग कुरा गर्दै मिला मागीले आफू परिवर्तनका लागि प्रतियोगितामा प्रवेश गरेको बताइन् । उनका अनुसार आयोजकहरूका अगाडि सधै बाँदरजस्तै यो वा त्यो भनेको मानेर बस्नुपर्यो, जसले उनलाई वेश्याजस्तै महसुस गराएको थियो । त्यही भएर अब प्रतियोगितामा सहभागी नहुने निर्णयमा पुगेकी उनले अहिले आएर बल्ल मुख खोलेकी छिन् ।
उनका अनुसार धनी पुरुष प्रायोजकहरूको अगाडि परेड गरेपछि बोल्ने निर्णय गरेको बताइन् । प्रतियोगितामा बिहानदेखि बेलुकासम्म भारी मेकअप लगाउन र गाउनमा बस्न निर्देशन दिइएको म्यागीले बताइन् ।
प्रत्येक टेबलमा ६ जना पुरूष पाहुनाको लागि दुई जना केटीहरू थिए र हामीले उनीहरूसँग साँझसम्म बसेर उनीहरूलाई धन्यवाद दिन मनोरञ्जन दिन भनियो । ‘यो एकदमै गलत हो, म यहाँ मानिसहरूलाई मनोरञ्जन गर्न आएको होइन, म त क्षमता देखाउन आएको हुँ’ उनले भनिन्।
मिला मागीले भनिन्, ‘मिस वर्ल्डको एउटै मान हुनुपर्छ तर यो परम्परागत र विगतमा अड्किएको छ । यसले मलाई वेश्याजस्तै महसुस गराएको छ ।’
गत मे ७ मा म्यागी प्रमोशनल कार्यक्रमको लागि भारतको हैदराबाद गएकी थिइन्, जहाँ मिस वर्ल्ड प्रतियोगिता हुँदैछ । त्यहाँबाट फर्केपछि गत मे १८ मा उनले व्यक्तिगत कारण देखाउँदै प्रतियोगिता छाड्ने जनाएकी थिइन् । जसका कारण उनले अहिले खोलेकी हुन् ।

प्रदीप खनाललाई ‘प्रतीक ढकाल कीर्तिमान यात्राबर सम्मान २०८२’ प्रदान

मोहन सिटौलाको ब्यस्टी र समष्टी´ सार्वजनिक

प्रभास र तृप्तिको नयाँ फिल्ममा अत्यधिक बोल्ड सिन हुने पक्का

चलचित्र ‘परिवर्तन’ निर्माण घोषणा, अञ्जना बराइली र सुशील श्रेष्ठको प्रमुख भूमिका

कल्पना रिजालको डाँफे लोकापर्ण

'बुद्ध बुद्धत्वको खोजीमा निस्किए, लेखक बुद्धको खोजीमा'

‘लभ एन्ड वार’ का लागि रणवीरले १२ र विक्कीले १५ किलो घटाए तौल

प्रतिक्रिया