मंगलबार १३ जेठ, २०८२
Tuesday, May 27, 2025

पुर्वराष्ट्रपति भण्डारीको चीनमा आज बिशेष सम्बोधन

काठमाडौँ- बेइजिङमा सरकार प्रमुख सरह सम्मान प्राप्त गरेकी पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज प्रमुख वक्ताको रूपमा आफ्नो सम्बोधन गर्दैछिन् ।

शनिवार राति एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन पुगेकी भण्डारीको हिजो बेइजिङमा सरकार प्रमुख सरह भब्य स्वागत गरिएको थियो । उनी  हिजो बिहान बेइजिङ पुगेकी हुन् ।  

१० दिने लामो भ्रमणको क्रममा पुर्व राष्ट्रपति भण्डारीले सोमवार प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दैछिन् ।
 
जस अनुसार आज चीनका विभिन्न छिमेकी राष्ट्रबाट निम्त्याइएका राजनीतिक दलका प्रतिनिधीबीच हुने संवाद कार्यक्रममा उनी प्रमुख अतिथि रहेकी छन् । सोही हैसियतले मन्तव्य व्यक्त गर्ने कार्यक्रम तय गरिएको छ । 

उक्त कार्यक्रम भने बेइजिङको स्थानिय समय अनुसार सोमबार विहान आयोजना गरिएको छ भने शुक्रबार अर्को कार्यक्रममा प्रमुख अतिथिको हैसियतमा सम्बोधन गर्नेछिन् ।

शुक्रबार भने नागरिकस्तरको अनुभव आदानप्रदान र पारस्परिक सिकाईसम्बन्धी चौथो संवाद कार्यक्रममा पनि उनले प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम रहेको छ ।