अफ्रिकन स्वाइन फिभर : चापाकोटमा बङ्गुर ओसारपसारमा प्रतिबन्ध

वालिङ (स्याङ्जा)- यहाँको चापाकोट नगरपालिकाले बङ्गुर ओसारपसारमा प्रतिबन्ध लगाएको छ ।
चापाकोट नगरपालिका–९ स्थित एक व्यावसायिक फर्ममा ‘अफ्रिकन स्वाइन फिभर’ नामक रोग पुष्टि भएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले चापाकोट नगरपालिकाबाट अन्यत्र ओसारपसार गर्न रोक लगाएको हो ।
घरपालुवा सुङ्गुर, बङ्गुर र जङ्गली बँदेल प्रजातिमा विषाणुका कारण लाग्ने उच्च मृत्युदर भएको खतरनाक महामारीजन्य अफ्रिकन स्वाइन फिभर रोग प्रयोगशालामा परीक्षणबाट पुष्टि भएको चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले बताए ।
“यहाँको एक व्यावसायिक फर्ममा शङ्कास्पद लक्षणका आधारमा प्रयोगशालामा परीक्षणका लागि पठाएका थियौँ,” उनले भने, “परीक्षणका क्रममा अफ्रिकन स्वाइन फिभर पुष्टि भएकाले चापाकोट नगरपालिकाबाट तत्काललाई सुँगुर, बङ्गुर तथा बङ्गुरजन्य पदार्थहरु ओसारपसारमा रोक लगाएका हौँ ।”
अफ्रिकन स्वाइन फिभर रोगले छोटो समयमा महामारीको रुप लिन सक्ने भएकाले पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा १५ बमोजिम अर्को सूचना नभएसम्मका लागि ओसारपसारमा प्रतिबन्ध लगाएको उनले बताए ।
स्याङ्जाको चापाकोट नगरपालिका–९ का कृषक दीपेन्द्र गहतराजले सञ्चालन गर्नुभएको गहतराज बहुउद्देश्यीय कृषि तथा पशुपालन फर्ममा पालिएका बङ्गुरहरु एकाएक मर्न थालेपछि चापाकोट नगर पशु शाखाले शङ्कास्पद बङ्गुरको नमूना परीक्षणका लागि केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा पठाएको थियो ।
प्रयोगशालाबाट बङ्गुरमा अफ्रिकन स्वाइन फिभर भएको पुष्टि भएपछि थप सङ्क्रमण फैलिन नदिन ओसारपसारमा विशेष ध्यान दिइएको पशु सेवा शाखा चापाकोटका प्राविधिक सहायक समीक्षा रोकायाले बताइन् ।
गहतराजले सञ्चालन गरेको फर्ममा साना–ठूला गरी १७ वटा बङ्गुर अफ्रिकन स्वाइन फिभरकै कारण मृत्यु भएको छ । यो सङ्क्रमण बङ्गुरमा मात्रै देखिने र यो रोग लागेपछि कुनै पनि उपचार नहुने उनले बताइन् । सुङ्गुर प्रजातिमा उच्च ज्वरो १०४ देखि १०७ डिग्री, कान पुच्छर, पेटको तल्लो बाहिरी छाला रातो हुने, शरीरमा नीलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छटपटाउनेजस्ता लक्षणहरु देखिन्छन् ।

म्याग्देको माझिलाङमा सामूहिक कोदोखेती

मुस्ताङमा खोलाले बगाउँदा एक युवा बेपत्ता

विपन्नलाई घर बनाउँदै म्याग्दे गाउँपालिका
_b8015joA1z_ezj2uyjyewmqg3lx0xdoeu0jtnuf6ps61uem81wsvttkkmpgl8fs3hfrljro_PZJHVXtrNf_bdmrw0ut1y1egllobly6mwaabhkjeaanwed9bxpzyygo6r2iot68nxe8tmoe.jpg)
जेठो बुढो धानमा ‘ब्लाष्ट’ रोग देखियो

धार्मिक पर्यटनको सम्भावना बोकेको जलजला

पहिरोले बागलुङ-बुर्तिबाङ सडक अवरुद्ध

एउटै पालिकाका २४३८ घर बाढीपहिरोको जोखिममा

प्रतिक्रिया