चीनमा बाढीले मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_vWlqEt9FLr_ec9pqixly1kgom3ep2pjtrnfptdza4bnvbibnyn3jpwdihb0cwcohw3fjvyo_uEFd3tIitj_drfc2eifrdngzrdz83ubqwaytyccthv1ye47l8o0xuwgauggwuq6gchh0nge.jpg)
निकोसिया- दक्षिण चीनको ग्वाङ्शी झुआङ स्वायत्त क्षेत्रको एक गाउँमा शुक्रबार बिहान आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको स्थानीय अधिकारीहरूले आइतबार बताएका छन् ।
ग्वेइलिन शहरअन्तर्गत लङसेङ काउन्टीको सानसे गाउँमा आएको विपत्तिपछि खोज तथा उद्धार कार्यका लागि नौ वटा टोली परिचालन गरिएको छ । आइतबार साँझ ६ बजेसम्म थप तीन जनाको शव फेला पारिएसँगै मृतक सङ्ख्या ६ पुगेको हो ।
हालसम्म दुई जना अझै बेपत्ता रहेका छन् । उद्धार कार्य तीव्र र व्यवस्थित रूपमा भइरहेको स्थानीय अधिकारीहरूले जनाएका छन् । सबै पक्ष उच्च सतर्कताका साथ खोजी अभियानमा संलग्न रहेका छन् । (सिन्ह्वा)

बंगलादेश तख्तापलटको एक वर्ष, हसिनाको घरलाई संग्रालय बनाउने घोषणा

इमरान खान पक्राउ परेको दुई वर्ष पूरा, रावलपिण्डिमा प्रदर्शनमा रोक

इजरायलले गाजामा निजी सामानको व्यापार आंशिक रूपमा पुनः खोल्ने

गाजामा बम विस्फोट र भोकमरीले दैनिक २८ बालबालिकाको मृत्यु

लिबियामा सुरक्षा कारबाहीका क्रममा ३५० जना गैरकानूनी आप्रवासी पक्राउ

गाजामा इजरायली आक्रमणमा २६ जनाको मृत्यु
अस्ट्रेलियाली प्रहरीद्वारा जासुसीको आरोपमा चिनियाँ नागरिकमाथि मुद्दा दायर

प्रतिक्रिया