शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

श्‍वेतपत्र ल्याउने योजनामा पूर्वअर्थमन्त्री लोहनीको टिप्पणी : कर्मचारीले मन्त्रीलाई खुसी पार्ने प्रयास मात्रै

​'राजनीतिक फुर्ती देखाउने बेला होइन, इमानदारीता चाहियो'

काठमाडौँ : नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माको श्वेतपत्र ल्याउने योजनाको पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले खण्डन गरेका छन् । उनले कर्मचारीले मन्त्रीलाई खुसी पार्न मात्रै श्वेतपत्रको प्रस्ताव राख्ने गरेको भन्दै अर्थमन्त्रीलाई श्वेतपत्रको चक्करमा नलाग्न सुझाव दिएका छन् ।

श्वेतपत्र राजनीतिक फुर्ती गर्ने विषय मात्रै भएकाले यसको पछाडि नलाग्न आग्रह गरे । उनले सामाजिक सञ्‍जालमार्फत पोस्ट गर्दै भनेका छन्, 'वर्तमान सरकारले श्वेतपत्र जारी गर्ने भन्ने पढियो । अहिलेको बेलामा श्वेतपत्र जारी गर्ने राजनीतिक चक्करमा पर्नुभन्दा पौडेल बजेटको राम्रो कुरा लागू गर्दै संशोधन गर्नुपर्ने बुँदा भए संसद्‌मा जानु राम्रो ।'

'
विगतका श्वेतपत्रको ईतिहासमा कर्मचारीले मन्त्रीलाई खुशी पार्ने प्रयास'का रुपमा सीमित भएको उनको बुझाइ छ । उनले राजनीतिक फुर्ती गर्ने विषयमा सीमित भएकाले जनतालाई फुर्तीभन्दा इमानदारीपूर्वक गरिने काम चाहिएको उनको भनाइ छ ।