मेरो कारणले कांग्रेसको शिर झुक्न दिन्न, भिजिट भिषामा संलग्नता पुष्टी भए राजनीतिबाट सन्यास लिन्छु : गृहमन्त्री लेखक

काठमाडौँ- भिजिट भिषा प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेतासमेत रहेका गृहमन्त्री रमेश लेखकले आज बल्ल टिप्पणी गरेका छन् ।
शनिबार नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिले पिपडियामाईस्थानस्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा लेखकले सो प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको जिकिरसमेत गरेका छन् ।
भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता पुष्टि भएमा राजनीतिबाट नै सन्यास लिने पनि घोषणा गरे ।
‘केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा सामाजिक सञ्जालमा लेख्ने काम भइरहेको छ। यो कहाँबाट, कसरी, किन भइरहेको छ भन्ने खोजि राखेको थिएँ,’ उनले भने, ‘यो विषयमा मैले धेरै कुरा थाहा पाइसकेको छु, आजै काठमाडौँ गइसकेपछि गृह मन्त्रालयले विज्ञप्ति निकाल्छ । दुई चार दिनमा आफैँ पनि केही कुरा बोल्छु ।’ गृहमन्त्री लेखकले आफ्नो कारणले कांग्रेसको शिर झुक्न नदिने उल्लेख गरेका छन् ।

अध्यक्ष रञ्जिता चौधरीको निर्णयको गरे विरोध संरक्षक रेशम चौधरी

तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन : शेखर कोइराला

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने

राष्ट्रियसभाको बैठक बस्दै

सरकारले उद्योगी र व्यवसायीलाई प्रोत्साहित गर्नुपर्छ : सभापति देउवा

बहादुरसिंह लामाले गुमाए संसदीय दलको नेताको हैसियत

‘विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ’

प्रतिक्रिया