पर्यटक र पूर्वाधारका पर्खाइमा छहरे झरना

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा रहेको छहरे झरना पूर्वाधार र पर्यटकको पर्खाइमा छ ।
स्वाँत गाउँको नजिकै रहेको छहरे झरना पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । मनमोहक छहरे झरनासम्म पुग्ने व्यवस्थित पदमार्ग र यसको आकर्षणका विषयमा प्रचारप्रसार नहुँदा पर्यटक पुग्न नसकेका स्वाँतका बासिन्दा मनबहादुर पुनले बताए ।
अन्नपूर्ण चक्रीय र खोपारा पदमार्गमा समेटिएको स्वाँत गाउँमा पर्यटकको बसाई लम्बाउन छहरे झरनालाई नयाँ गन्तब्य बनाउनुपर्ने होटल ब्यवसायीसमेत रहेका पुनले बताए । झरनासम्म पुग्ने व्यवस्थित पदमार्ग छैन् ।
भिराखो पाखोको भिरालो पैदलमार्गमा हिड्दा चिप्लने खतरा छ । छहरे झरनाको सुन्तरता स्वाँत गाउँमै सीमित छ । रमणीय झरना सुनसान छ ।
करिब २०० मिटर अग्लो झरना मनमोहक छ । झरनाको फेदीमा निलो आकारको तलाउ छ । वरपर घना जङ्गल छ । चराको चिरबिर चिरबिर आवाज सुन्न सकिन्छ । पहाडको फेदीमा रहेको झरना नजिकै भिरमौरीको घार (बासस्थान) छ । जहाँ हरेक वर्षको जेठ महिनाको पहिलो हप्ता स्वाँतका बासिन्दाले महशिकार गर्छन् ।
छङछङ गर्दै झर्ने झरनाको आवाजले मन्त्रमुग्ध बनाउने स्थानीय बलबहादुर तिलिजा पुनले बताए । छहरे झरना अवलोकन गर्दै तनाव भुलाउन र थकान मेटाउन सकिने उहाँले बताउनुभयो । शान्त र एकान्त वातावरणमा रमाउन पाउनु पनि छहरे झरनाको विशेषता हो ।
झरनामा घाम पर्दा इन्द्रेणी देखिन्छ । नजिक नजिक दुई वटा झरना रहेका छन् । ठूलो छहरे झरनाभन्दा करिब २०० मिटर तल रहेको अर्को झरनालाई सानो छहरेका नामले चिनिन्छ । स्वाँत गाउँदेखि करिब २० मिनेट पैदलयात्रा गरेपछि छहरे झरनामा पुगिन्छ ।
झरनाको माथिल्लो भागसम्म कच्चि सडक पनि छ । स्वाँत गाउँमा होटल र होमस्टे (घरबास)को सुविधा छ । अन्नपूर्ण गाउँपालिका–५ का वडा अध्यक्ष राजेश तिलिजा पुनले छहरे झरनाको संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसार गरी पर्यटकीय गन्तब्य बनाउन पहल गरेको बताए ।
सडक पुगेको ठाउँदेखि झरनाको फेदीसम्म ढुङ्गाको सिढी चिनेर पदमार्ग, दृष्य अवलोकनस्थल र बिश्रामस्थल बनाउन अध्ययन गरिएको वडा अध्यक्ष तिलिजाले बताए । रासस
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_beHf2R2zal_4uuebmgzctxqhtkq6ioc4wmxaeqfql6qwl3hdgynscjsk4p2a7v6sjrwsfnn.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

अझै सम्पन्न भएन १३२ केभीको बुर्तिबाङ सबस्टेशन

मनास्लु पदमार्गमा लडेर गुरुङको मृत्यु

प्रतिक्रिया