भोजपुरी भाषा सिकाउँदै वीरगञ्ज महानगर
वीरगञ्ज (पर्सा)- वीरगञ्ज महानगरले यहाँका सामुदायिक विद्यालयमा भोजपुरी भाषा सिकाउने अभियान थालेको गरेको छ । वीरगञ्ज महानगर भोजपुरी प्रतिष्ठानले आज यहाँको कन्या माविका विद्यार्थीलाई लक्षित गर्दै ‘आपन भाषा आपन पहचान’ अभियान थालेको हो ।
प्रतिष्ठानका सल्लाहकार प्रमोद पाण्डेले विद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर भोजपुरी भाषा, संस्कृति सिकाउने, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जानकारी दिए ।
“विद्यालयस्तरबाट आफ्नो मातृभाषाको विकास, संरक्षण र प्रवर्द्धनमा ध्यान दिन जरुरी भएकाले ‘आपन भाषा आपन पहचान’ अभियान थालेका हौँ”, उनले भने, “मधेसमा भोजपुरी भाषाको संरक्षण, प्रचलन र मातृभाषाको विकासमा सबैले ध्यान दिन जरुरी भइसकेको छ ।”
प्रतिष्ठानका सदस्य मुकेश महतो नुनियाले भोजपुरी लोक चित्रकलाको महत्त्व, यसको संरक्षण र प्रवर्द्धन गर्ने उपायहरूका बारेमा जानकारी गराएका थिए । उनले विद्यार्थीलाई चित्र कोर्ने सजिलो उपायका बारेमा प्रयोगात्मक ज्ञान पनि दिए ।
कवि एवं गीतकार आमोद गुप्ताले भोजपुरी गीतमार्फत भाषा र संस्कृतिको महत्त्व र विकासका बारेमा विद्यार्थीलाई जानकारी गराए ।
श्याम सर्राफले मातृभाषाको प्रयोग गर्दा सङ्कोच नमानी यसका सकारात्मक पक्षलाई आत्मसात गर्न अनुरोध गरे । “विरासतमा प्राप्त लोक धुन र लोक गीतहरूको प्रचारप्रसारमा सक्रिय भूमिका खेल्नुपर्ने जरुरी भइसकेको छ । यसले हाम्रो भाषा, पहिचान र संस्कृति संरक्षण र प्रवर्द्धनमा टेवा पुर्याउने छ”, उनले भने ।
प्रतिष्ठानकी अध्यक्ष अनिता साहले भाषा र संस्कृति जोगाउन सबैले हातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताए । विद्यालयतहबाट सिकाइलाई प्राथमिकता दिएमा भातृभाषा संरक्षण र प्रवर्द्धन हुँदै जाने उनले विश्वास व्यक्त गरे ।
अभियान शुभारम्भ कार्यक्रममा ७० भन्दा बढी विद्यार्थीसहित सरोकार भएका व्यक्तिको सहभागिता थियो । भोजपुरी प्रतिष्ठानले आगामी दिनमा यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिँदै जाने जनाएको छ । रासस

पर्सामा तीन लाख ५१ हजार ६२८ मतदाताको नाम अद्यावधिक

नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू

‘हाम्रो माया घर’ निर्माणले गति लियो

मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु

पानीमा डुबेर दुई बालकको मृत्यु

ट्युवेलमा पानी खान जाँदा करेन्ट लागेर पुजारीको मृत्यु

मिथिला नगरपालिकामा तालाबन्दीले कामकाज ठप्प

प्रतिक्रिया