शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

अर्थमन्त्री शर्माले श्वेतपत्र ल्याउने, बजेट अध्यादेश संसद्‌मा टेबल गर्ने

काठमाडौँ : नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले हालसम्मको अर्थतन्त्रको अवस्था र भावी कार्ययोजना प्रस्तुत गर्ने हिसाबले श्वेतपत्र ल्याउने तयारी गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो जानकारी दिएका हुन् ।

'आफ्नो भिजन र समग्र योजनाको बारेमा कार्यक्रम राख्नेछौँ,' उनले भने, 'अहिलेसम्म अर्थतन्त्रको विवरण र भविष्यमा के छ कतातिर के छ संकेत भन्ने श्वेतपत्र तयार गरि तपाईंसमक्ष पेश गर्नेछौँ । अहिलेको परस्थितिलाई सहज बनाउँदै आर्थिक क्रियाकलाप चलायमान बनाउनेतर्फ केन्द्रित छौँ ।'

केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि तत्कालनी अर्थमन्त्री डा. युवराज खतिवडाले पनि श्वेतपत्र ल्याएका थिए । उनले अर्थतन्त्रको अर्थतन्त्रको निराशाजनक दृश्य चित्रण गरेका थिए । तर, श्वेतपत्रमा पूर्ववर्ती सरकारहरूको नकारात्मक टिप्पणी गरेका उनी आफूले अपेक्षाकृत सुधार गर्न नसकेको भन्दै आलोचित हुनुपर्‍यो ।

उनले ओली सरकारले ल्याएको बजेट अध्यादेश संसद्‌मा टेबल गर्ने जानकारी दिएका छन् । उनले भने,  'मैले बजेटमा विभिन्न टिकाटिप्पणी सुनिरहेको छु । सदनले के गर्न सक्छ त्यसैअनुसार अघि बढ्ने हो ।हामी  टेबल गर्दैछौँ ।'