विश्वकपपछि मोड्रिचले मड्रिड छाड्ने

काठमाडौँ- अनुभवी मिडफिल्डर लुका मोड्रिचले विश्वकपपछि स्पेनिस क्लब रियल मड्रिड छाड्ने भएका छन् ।
३९ वर्षीय क्रोएसियन स्टार मोड्रिचले सामाजिक सञ्जालमार्फत १३ वर्षको मड्रिड बसाइ अन्त्य गर्ने निर्णय लिएको जानकारी दिए।
‘त्यो क्षण आइपुगेको छ । जुन म कहिल्यै नआओस भन्ने चाहान्थे तर फुटबल यही हो । जीवनमा पनि सबै कुरा सुरु भएर अन्त्य पनि हुन्छ,’ मोड्रिचले भनेका छन् ,‘ सन् २०१२ मा संसारकै उत्कृष्ट क्लबको जर्सी लगाउने आशा र ठूला उपलब्धिहरु हासिल गर्ने महत्त्वाकांक्षासहित म यहाँ आएको थिएँ तर त्यसपछि जे भयो, त्यो मैले कल्पना पनि गरेको थिइनँ ।’
उनी सन् २०१२ मा इङ्लिस क्लब टोटनहमबाट रियाल भित्रिएका थिए । १३ वर्ष रियालमा रहँदे मोड्रिचले २८ उपाधि जितेका थिए।
उनले समान ६ च्याम्पियन्स लिग र क्लब विश्वकप जितेका थिए । यसैगरी माड्रिचले पाँच युरोपियन सुपर कप, चार पटक ला लिगा, दुई कोपा डेल रे र पाँच सुपर कप पनि जिते ।
क्लब विश्वकप जुन १५ देखि जुलाई १३ सम्म हुनेछ ।

एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

टि ट्वान्टी ग्लोबल छनोट पार गर्ने हामीसँग क्षमता छ : प्रशिक्षक कटुवाल

आईपीएल २०२५ : पावर प्लेमा सबैभन्दा बढी छक्का हान्ने यी हुन पाँच क्रिकेटर

प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि

प्रतिक्रिया