गाजामा ९० ट्रकमा सहायता ट्रक पठाइयो : राष्ट्रससंघ

गाजा- गाजामा सहायताका लागि बुधबार करिब ९० वटा ट्रक पठाइएको संयुक्त राष्ट्रसङ्घले बताएको छ । युद्धले ध्वस्त पारेको प्यालेस्टिनी क्षेत्रमा इजरायलको नयाँ आक्रमण र नाकाबन्दीलाई लिएर अन्तर्राष्ट्रिय दबाब बढेको छ ।
मार्चको सुरुदेखि गाजामा सहायता वितरण भएको थियो भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अस्थायी युद्धविरामका लागि खुला रहेको बताए पनि सबै क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिने कुरा दोहोर्याएका थिए ।
इजरायलले सीमित सहायताको प्रवेश अनुमति दिने घोषणा गरेको तीन दिनपछि संयुक्त राष्ट्रसङ्घले करिब ९० ट्रक सामान गाजा पठाएको राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले बताएका छन् ।
इजरायली सेनाले कब्जा गरिएको पश्चिम किनार भ्रमण गर्ने विदेशी कूटनीतिज्ञहरूको प्रतिनिधिमण्डल नजिकै सेनाले गोली चलाएको केही समयपछि भएको घटनाले विश्वव्यापी निन्दा खेपिरहेको छ ।
गाजाको मिडियाले ८७ वटा सहायता ट्रकको आगमन भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय र स्थानीय संस्थाहरूलाई ‘तत्काल मानवीय आवश्यकताहरू’ पूरा गर्नका लागि निर्धारित गरिएको उल्लेख गरेको छ ।
नेतान्याहुले गाजामा ‘हाम्रो कार्यको स्वतन्त्रताको संरक्षण गर्न मानवीय सङ्कटबाट बच्न’ आवश्यक रहेको बताएका छन् ।
इजरायली नाकाबन्दीले खाद्यान्न र औषधिको गम्भीर अभाव निम्त्याएका कारण प्यालेस्टिनीहरू आधारभूत आवाश्यकता परिपूर्तिका लागि सङ्घर्ष गरिरहेका छन् ।
यसैबीच इजरायलले आक्रमण जारी राख्दा गाजाको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ८२ जनाको शव अस्पतालमा लगिएको जनाएको छ ।मानवीय सहायता समूहले गाजामा प्रवेश गर्ने सहायताको मात्रा सङ्कट कम गर्न आवश्यकभन्दा धेरै कम रहेको जनाएको छ ।
संयुक्त राज्य अमेरिका समर्थित गाजाको मानवतावादी फाउन्डेसनले आगामी केही दिनमा यस क्षेत्रतर्फ सहायता पठाउने बताएको छ । यसै गरी संयुक्त राष्ट्रसङ्घ र यसका एजन्सीहरूले सहयोग गर्ने बताएका छन् ।
इजरायलले आक्रमण रोक्न र गाजामा सहायताको प्रवेशलाई अनुमति दिन सहयोगीहरूबाट बढ्दो दबाबको सामना गरेको छ ।युरोपेली सङ्घ (इयु) विदेशमन्त्रीहरू मङ्गलबार इजरायलसँग व्यापार समावेश भएको सहयोग सम्झौता संशोधन गर्न सहमत भएका छन् ।
इजरायलको विदेश मन्त्रालयले इयुले इजरायलले सामना गरिरहेको जटिल वास्तविकताको बुझाइको पूर्ण अभावलाई प्रतिबिम्बित गरेको घोषणा गरेको छ ।
स्विडेनले इजरायलमाथि प्रतिबन्ध लगाउने दबाब दिने बताएको छ भने बेलायतले इजरायलसँग स्वतन्त्र व्यापारमा वार्ता स्थगित गरी इजरायली राजदूतलाई बोलाएको छ ।
पोप लियो चौधौँले गाजाको अवस्थालाई ‘पीडादायी’ भन्दै ‘पर्याप्त मानवीय सहायताको प्रवेश’ को आह्वान गर्नुभएको छ । जर्मनीले इयु र इजरायलबीचको प्रमुख सहयोग सम्झौताको रक्षा गर्दै गाजाको अवस्थाबारे छलफल गर्नुपर्ने बताएको छ ।
नेतान्याहुले हमास र यसका सहयोगीहरूले हिरासतमा लिएका कम्तीमा २० जना अझै जीवित रहेको विश्वास व्यक्त गर्दै बन्धकलाई मुक्त गर्न अस्थायी युद्धविरामको विकल्पमा इजरायल तयार हुने बताएका छन् । ( एएफपी)

ट्रम्प प्रशासनको निर्णय : हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको प्रवेशमा प्रत…

चीन र फ्रान्सका कम्पनीबीच निष्पक्ष प्रतिस्पर्धा हुनुपर्छ : राष्ट्रपति म्याक्रोँ

म्यान्मामा ‘कू’विरोधी लडाकुको आक्रमणमा पूर्वजनरलको मृत्यु
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो

दक्षिण कोरियाः एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार

चीनमा पहिरोमा परी चार जनाको मृत्यु

अमेरिकामा धार्मिक लगानीमा सार्वजनिक विद्यालय निर्माण गर्न रोक

प्रतिक्रिया