उजुरीसम्बन्धी प्रतिवेदन यथाशीघ्र बुझाउन निर्देशन

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले उजुरी छानबिन गर्न विभिन्न समयमा बनेको उपसमितिहरुलाई यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। समितिको आजको बैठकका समितिका सभापति ऋषिकेश पोखरेलले उजुरी छानबिनका लागि गठन गरिएको उपसमितिलाई यथाशीघ्र प्रतिवेदन बुझाउन आग्रह गर्दै एकमहिनाभित्रै बुझाइसक्नुपर्ने निर्देशन दिए।
समितिले उजुरीहरुको छानबिनका लागि विभिन्न समयमा नौवटा उपसमिति गठन गरेको थियो। ती उपसमितिका समितिका संयोजकहरुलाई जतिसक्दो छिटो प्रतिवेदन बुझाउन भनेको हो। समितिमा ४८ उजुरी परेको थियो। ती उजुरी छानबिन गर्नका लागि समितिले उपसमिति बनाएको थियो।
बैठकमा समितिका सभापति पोखरेलले बैठकलाई मर्यादित बनाउन समितिका सबै सदस्यहरुले सम्यमित भएर प्रस्तुत हुन आग्रह गरेका थिए।

लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल

अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ: प्रधानमन्त्री ओली

कुलिङ पिरियडको प्रावधानप्रति राष्ट्रियसभा अध्यक्ष दाहालले गराए ध्यानाकर्षण

कुलिङ पिरियडबारे समिति पछि हट्दैन : सभापति खतिवडा

विपद्का समयमा पब्लिसिटी खोज्नेहरुका कारण राहत र उद्धारमा समस्याः सभापति शेर्पा

‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

नेपालमा गणतन्त्र गोलीले होइन, बोलीले आएको होः सञ्चारमन्त्री गुरुङ

प्रतिक्रिया