हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

हेटौडामा पहिलो पटक इ–स्पोटर्स अन्तरगत फ्रि फायर प्रतियोगिता आयोजना भएकाे छ । आयोजकले पत्रकार सम्मेलनको आयोजना गरेर हेटौँडाबाट प्रसारण हुँदै आएको नेशनल गोल्ड टेलिभिजनको आयोजना प्रतियोगिता हुन लागेको जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक उत्सर्ग चौलागाईले बिहीबार देखि सुरु हुने इ–स्पोट्र्स अन्तर्गत फ्रि फायर प्रतियोगितामा १ हजार जना सहभागीहरू निश्चित भइसकेको जानकारी दिनुभयो । प्रतियोगितामा सहभागिताका लागि ३ दिनमै एक हजार सहभागीको आवेदन प्राप्त भएपछि आवेदन लिन बन्द गरिएको उहाँले बताउनुभयो ।
प्रतियोगितामा प्रारम्भिक चरणका खेलहरू अनलाइनमार्फत नै हुने र क्वार्टरफाइनल चरणदेखिका खेल भौतिक रुपमा उपस्थिति भएर हुने उहाँले बताउनुभयो । हेटौँडा स्कुल अफ म्यानेजमेन्टको मुख्य प्रयोजन रहेको प्रतियोगिताको भौतिक रुपमा हुने खेलहरू हेटौँडा–१ स्थित हिमालयन दरबार पार्टी प्यालेसमा हुने बताइएको छ । प्रतियोगिताको फाइनल खेल जेठ १७ गते हुने साथै जम्मा पुरस्कार रकम १ लाख रुपैयाँ हुने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा टेलिभिजनका अध्यक्ष उज्जवल चौलागाईले अहिलेको सूचना प्रविधिमा आधारित युवा पुस्ता माझ लोकप्रिय खेल पहिलो पटक आयोजना गर्न लागिएको बताउनुभयो । प्रतियोगितामा १६ वर्ष उमेर पूरा भएका व्यक्तिले मात्रै सहभागिता जनाउन पाउने जनाइएको छ ।

जुडो टोली बङ्गलादेश प्रस्थान

टि ट्वान्टी ग्लोबल छनोट पार गर्ने हामीसँग क्षमता छ : प्रशिक्षक कटुवाल

आईपीएल २०२५ : पावर प्लेमा सबैभन्दा बढी छक्का हान्ने यी हुन पाँच क्रिकेटर

प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि

‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
नेपाल बंगलादेशसँग पराजित, सेमि फाइनलबाट बाहिरियाे

नेपाल ६ बिकेटले बिजयी, बहराइन समूह चरणवाटै बाहिरियो

प्रतिक्रिया