बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

कुलिङ पिरियडबारे समिति पछि हट्दैन : सभापति खतिवडा

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा उल्लेख कुलिङ पिरियडको प्रावधानबाट समिति पछि नहट्ने स्पष्ट पार्नुभएको छ ।

बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति खतिवडाले लामो छलफल र बिज्ञहरुसंगको परामर्शपछि विधेयक पारित भएको भन्दै अहिले नै त्यसका रहेको कुलिङ पिरियडको प्रावधानबाट पछि हट्न वा संशोधन गर्न नसकिने स्पष्ट पार्नुभएको हो ।

निजामती कर्मचारीबाट बाहिरिएको भोलिपल्टै अर्को कुनै निकायमा नियुक्त हुँदा स्वार्थको द्वन्द्व देखिने भएकाले कुलिङ पिरियडको प्रावधान ल्याएको भन्दै उहाले यस्तो प्रावधान अन्य देशमा समेत रहेको उल्लेख गर्नुभयो । कुलिङ पिरियडको प्रावधानलाई कर्मचारीमाथिको अविश्वास भन्न नमिल्ने उहाँले बताउनुभयो ।

सभापति खतिवडाले कुलिङ पिरियडको बिषयमा मुख्यसचिव लगायतका सचिवहरुको चासो अस्वभाविक रहेको जिकिर गर्नुभयो । समितिले पारित गरेको विधेयकलाई छिटो भन्दा छिटो सदनमा लाने तयारी भइरहेको उहाले बताउनुभयो । उहाले समितिले पारित गरको विधेयकलाई असंवैधनिक भन्ने अधिकार कसैलाई नरहेको जिकिर गर्नुभयो ।