‘असुर २’ फ्लोरमा, अरसद वारसी र वरुण सोबतीले निरन्तरता दिने

मुम्बई : नामै नसुनेको ओटीटी प्लेटफर्म भुट सेलेक्टमा रिलिज भएर पनि चर्चामा रहन सफल वेब सिरिज ‘असुर’को दोस्रो भाग फ्लोरमा गएको छ । विज्ञान र मिथको सम्मिश्रण गरी बनाइएको क्राइम थ्रिलर विधाको यो वेब सिरिज सन् २०२० मा रिलिज हुँदा सामाजिक सञ्जालमा तरङ ल्याउन सफल भएको थियो ।
‘सेक्रेड गेम्स’को चर्चाको बीच पनि यसलाई धेरैलाई रुचाएका थिए र यसको दोस्रो भाग आउनु पर्ने माग गरेका थिए । अन्ततः यो सिरिज फ्लोमार गएको छ । यसका मुख्य अभिनेता अरसद वारसीले ट्वीट गर्दै यसको जानकारी दिएका छन् ।
थुप्रै उत्कृष्ट फिल्मको हिस्सा रहँदै आएका अरसद वारसीले यही सिरिजमार्फत ओटीटीमा डेब्यु गरेका थिए । अनुसन्धान अधिकृतको भूमिका निर्वाह गरेका अरसदलाई वरुण सोबतीले साथ दिएका थिए । दोस्रो भागमा पनि यो जोडी निरन्तर रहनेछ । सिरिजमा रिधी डोगरा, अनुप्रिया गोयन्का, शरिब हासमी आदि कलाकारको अभिनय रहेको थियो र दोस्रो सिजन पनि उनीहरूले निरन्तरता पाउनेछन् ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया