नेपालमा गणतन्त्र गोलीले होइन, बोलीले आएको होः सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपालमा गणतन्त्र गोलीद्वारा नभइ बोलीबाट आएको बताउनुभएको छ । बिहीवार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले नेपालमा गणतन्त्र बुलेटबाट नभइ ब्यालेटबाट आएको र बुलेटबाट आएको नसोच्न माओवादीलाई पटक पटक आफूले आग्रह गरेको समेत उल्लेख गर्नुभयो । उहाँले अहिलेको सत्तापक्ष र प्रतिपक्ष गणतन्त्र पक्षधर रहेको पनि बताउनु भयो । उहाँले गणतन्त्रको आलोचना र टिप्पणी गर्न पाइने तर राजतन्त्रको पक्षमा लाग्ने कुरा, मुलुक विखण्डनमा लाग्ने कुरा संविधान विरोधी भएको जिकिर गर्नुभयो ।
मन्त्री गुरुङले भन्नुभयो, ‘यो मुलुकमा गणतन्त्र गोलीद्वारा होइन, बोलीद्वारा आएको हो । बुलेटद्वारा होइन, ब्यालेटबाटै आएको हो । माओवादीहरुले बुलेटबाट गणतन्त्र ल्याउँछाँै भनेको त्यो दिन भएन भनेर जिस्काइरहेको हुन्छु मैले । अहिले सत्ता पक्ष, प्रतिपक्षमा जोजो छौँ, सबै गणतन्त्रको पक्षधर छौँ । गणतन्त्रको आलोचना, टिप्पणी गर्न पाइन्छ । राजतन्त्रको पक्षमा लाग्ने कुरा, मुलुक विखण्डनमा लाग्ने कुरा संविधान विरोधी हो । प्रजातन्त्र, लोकतन्त्र, जनता विरोधी हो । त्यो सीमाभित्र रहेर काम गर्नुपर्छ ।’
मन्त्री गुरुङले राजावादीहरुलाई बोल्ने अधिकार दिँदा डराएको भन्ने नसोच्न चेतावनी समेत दिनुभयो । —न्युज एजेन्सी नेपाल

कुलिङ पिरियडको प्रावधानप्रति राष्ट्रियसभा अध्यक्ष दाहालले गराए ध्यानाकर्षण

कुलिङ पिरियडबारे समिति पछि हट्दैन : सभापति खतिवडा

विपद्का समयमा पब्लिसिटी खोज्नेहरुका कारण राहत र उद्धारमा समस्याः सभापति शेर्पा

‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

राजावादीहरुको आन्दोलनमाथि सरकारले प्रतिवन्ध लगाउन सक्छः सञ्चारमन्त्री गुरुङ

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक (सूचीसहित)

मनसुनअघि नै जोखिमको आँकलन गरेर पूर्वतयारी थाल्न सरकारलाई निर्देशन

प्रतिक्रिया