बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

विद्युतीय खरिदसम्बन्धी आधारभूत तालिम

सांकेतिक तस्विर

पाटन (ललितपुर)- सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँ र बागमती गाउँपालिका पूर्वाधार विकास संस्थाद्वारा संयुक्त रुपमा  विद्युतीय खरिदसम्बन्धी आधारभूत तालिम यहाँ आयोजना गरिएको छ ।  
सो अवसरमा बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले दीर्घकालीन योजना अनुरुप विकास निर्माणका लागि अनुकूल नीतिगत व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो ।

“सूचना प्रविधिको युगमा पारदर्शीता, प्रतिस्पर्धा र जवाफदेहितालाई सुनिश्चित गर्न विद्युतीय खरिद प्रणाली एक आवश्यक उपकरण बनेको छ । यस प्रणालीबाट सार्वजनिक खरिद प्रक्रियामा हुने अनियमितता, ढिलासुस्ती तथा अपारदर्शीता हटाउन सकिन्छ, यसबाट सरकारको खर्चमा पारदर्शीता ल्याउन सहयोग पु¥याएको छ ।” उहाँले भन्नुभयो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव रामचन्द्र दङ्गालले अनलाइनबाट सेवा प्रवाह गर्ने पद्दतिको विकास भएको वर्तमान समयमा बोलपत्रदाता विद्युतीय खरिद प्रणालीमा अध्यावधिक हुनु अनिवार्य भएको बताउनुभयो । कार्यक्रममा बागमती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामी, निर्माण व्यवसायी सङ्घ ललितपुरका वरिष्ठ उपाध्यक्ष भगिरथ तिमल्सिनालगायतले धारणा राख्नुभएको थियोे ।-रासस