पाकिस्तान-अफगानिस्तान र चीनबीच बीआरआई योजनामा त्रिपक्षीय सहमति

बेइजिङ- पाकिस्तान र अफगानिस्तानले चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) अफगानिस्तानसम्म विस्तार गर्न सहमति जनाएका छन् ।
इस्लामावादको विदेश कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि सीपीईसी सम्बन्धी घोषणा पाकिस्तानका उपप्रधानमन्त्री/परराष्ट्रमन्त्री इशाक दार, चिनियाँ विदेशमन्त्री वाङ यी र अफगानिस्तानका कार्यवाहक विदेशमन्त्री अमिर खान मुट्टाकीबीच बेइजिङमा भएको अनौपचारिक त्रिपक्षीय बैठकपछि गरिएको हो।
दार बेइजिङको तीन दिने भ्रमणमा छन्, जुन भारतले पाकिस्तान र अधिकृत कश्मीर (पीओके)मा आतंकवादी साइटहरूलाई लक्षित गरी अपरेसन वर्मिलियनु सुरु गरेपछि पहिलो उच्चस्तरीय वार्ता हो। बैठकपछि ‘एक्स’मा एक पोस्टमार्फत दारले भने, ‘पाकिस्तान, चीन र अफगानिस्तान क्षेत्रीय शान्ति, स्थिरता र विकासको लागि एकसाथ खडा छन्।’
उनले तीन नेता सँगैको तस्बिर पनि सेयर गरेका छन् । ‘हामीहरू कूटनीतिक संलग्नता अभिवृद्धि गर्न, सञ्चारलाई सुदृढ गर्न र साझा समृद्धिको प्रमुख संवाहकका रूपमा व्यापार, पूर्वाधार र विकासलाई प्रवर्द्धन गर्न व्यावहारिक कदम चाल्ने विषयमा छलफल गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ।
अगाडि भनिएको छ, ‘उनी (चीन र अफगानिस्तानसमेत) ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) सहयोगलाई गहिरो बनाउन र चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) अफगानिस्तानसम्म विस्तार गर्न सहमत भएका छन्,’ विज्ञप्तिमा अगाडि भनिएको छ । तर, भारतले भने पाकिस्तान प्रशासित कश्मीर (पीओके) हुँदै ६० अर्ब अमेरिकी डलरको सो निर्माणको विरोध गरेको छ ।
साथै विज्ञप्तिमा परराष्ट्रमन्त्रीहरूको छैटौं त्रिपक्षीय बैठक चाँडै नै आपासी सुविधाजनक मितिमा काबुलमा हुने सहमति भएको छ।
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_Lc2usOgK8a_wqcv9gac6mzxq3eyaduutyvpnxnfkjevwzfzy5ar7phhmx0tjdxaygmvvfgd_MgEUHZTewV_eqinhyseoqmzdfelkoyputt40x5q8ozq7xo4ac9nnqrqwwbzidqhgtu1cnjw.jpg)
म्याड्रिड अमेरिकी स्कुल बाहिर युक्रेनी पुरुषको गोली हानी हत्या

जिउँदै आगो लगाउनेलाई अमेरिकामा सुई लगाएर दिइयो मृत्युदण्ड

युक्रेनको सैन्य प्रशिक्षणस्थलमा रूसी हमला : ६ जनाको मृत्यु

विजेपी विधायकमाथि गम्भिर आरोप : सामुहिक बलात्कार गरेपछि मुखमा पिसाब फेरिदिए

गाजामा इजरायली नाकाबन्दी : कुपोषण र औषधिको अभावमा ३०० बढी प्यालेस्टिनीको मृ…

सिंगापुरमा मुटु रोग चाँडै पत्ता लगाउने एआई प्रणाली परीक्षण गरिने
चीनको पिज्जा बजार १०० अर्ब युआन नाघ्ने अनुमान

प्रतिक्रिया