मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन

भद्रपुर (झापा)- मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा रु १२ अर्ब ९४ करोड २० लाख ६० हजार राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हो ।
कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार चालु आवको वैशाख महिनासम्म रु १४ अर्ब १४ करोड ४२ लाख २० हजार राजस्व सङ्कलनको लक्ष्य रहेको थियो ।
“गत आव २०८०/८१ को सोही अवधिमा राजस्व रु १५ अर्ब आठ करोड ६४ लाख २० हजार राजस्व सङ्कलनको लक्ष्य राखिएकामा ७६ दशमलव ८५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो तर यसपटक भने लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हासिल गरेका छौँ”, उनले भने ।
कार्यालयको तथ्याङ्कअनुसार चालु आवको १० महिनाको अवधिमा मेची भन्सारबाट पेट्रोलियम पदार्थको आयातबाट ६० दशमलव ५५ प्रतिशत अर्थात् रु सात अर्ब ८३ करोड ६२ लाख ४३ हजार राजस्व सङ्कलन भएको छ । यसैगरी, तरकारीको आयातबाट रु ५८ करोड ३३ लाख १५ हजार, यातायातका साधन र तिनका पाटपुर्जाबाट रु ३६ करोड ५३ लाख १५ हजार, खनिज उत्पादनबाट रु २४ करोड १० लाख ३० हजार, कफीबाट रु १९ करोड ३६ लाख ९० हजार, दलहनबाट रु २० करोड २९ लाख ९४ हजार, राजस्व सङ्कलन भएको सूचना अधिकारी हुमागार्इंले जानकारी दिए ।
यहाँबाट चालु आवको १० महिनामा रु २१ अर्ब ४५ करोड ९३ लाख २३ हजार बराबरको वस्तु निर्यात हुँदा रु १९ करोड ८९ लाख ६८ हजार राजस्व सङ्कलन भएको छ । सोही अवधिमा रु ३८ अर्ब ८८ करोड ७८ लाख ११ हजार बराबरको वस्तु आयात गरिँदा रु १२ अर्ब ७४ करोड ३० लाख ९२ हजार राजस्व सङ्कलन भएको छ ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’

चिया निर्यात ४६ प्रतिशतले वृद्धि

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको य…

लोडसेडिङ हल्ला मात्रै, आजबाट भारतलाई ७३१ मेगावाट बिधुत निर्यात सुरु

थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको इभी प्लान्ट

प्रतिक्रिया