युक्रेनको सैन्य प्रशिक्षणस्थलमा रूसी हमला : ६ जनाको मृत्यु

किभ,युक्रेन- उत्तरपूर्वी युक्रेनको सैन्य प्रशिक्षण स्थलमा भएको रूसी हमलामा छ जना सैनिकको मृत्यु हुनुका साथै कम्तीमा १० जना घाइते भएको युक्रेनी नेसनल गार्डले बुधबार जनाएको छ ।
युक्रेनको सुमीको सीमावर्ती क्षेत्रबाट युक्रेनी सेनाले गत वर्ष रूसको कुस्र्क क्षेत्रमा आक्रमण गरेको थियो भने मस्कोले यस क्षेत्र पछिल्लो समय पटक–पटक आक्रमण स्थल बनेको छ ।
शिविरमा अभ्यास गदै गर्दा आक्रमण भएको नेसनल गार्डले सामाजिक सञ्जाल फेसबुक पोस्टमा सार्वजनिक गर्दै घटनाको अनुसन्धान भइरहेको उल्लेख गरेका छन् ।
रूसको रक्षा मन्त्रालयले मङ्गलबार उक्त स्थानमा ब्यालेस्टिक मिसाइलले आक्रमण गरेको घोषणा गरेको थियो ।
अनुसन्धानको क्रममा युक्रेनी सेनाको प्रशिक्षण शिविर ‘पत्ता लगाइएको र प्राप्त निर्देशनका आधारमा ‘इस्कन्दर मिसाइल’ द्वारा आक्रमण गरिएको युक्रेनद्वारा सामाजिक सञ्जालमार्फत दिएको छ ।
रूसले पनि जङ्गलमा रहेको प्रशिक्षण शिविरमा भएको आक्रमणलाई पुष्टि गर्ने तस्बिरहरू प्रकाशित गरेको थियो । तस्बिरमा आगोको ठुलो लप्को र जमिनबाट निकै माथि आकाशमा धुवाँको मुस्लो देखिएको छ ।
घटनाको आन्तरिक अनुसन्धान भइरहेको उल्लेख गर्दै सैन्य एकाईका कमान्डरलाई निलम्बन गरिएको र आवश्यक जानकारी सुरक्षा निकायमा पठाइएको युक्रेनको नेशनल गार्डले जनाएको छ । (एएफपी)

पाकिस्तान-अफगानिस्तान र चीनबीच बीआरआई योजनामा त्रिपक्षीय सहमति
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_Lc2usOgK8a_wqcv9gac6mzxq3eyaduutyvpnxnfkjevwzfzy5ar7phhmx0tjdxaygmvvfgd_MgEUHZTewV_eqinhyseoqmzdfelkoyputt40x5q8ozq7xo4ac9nnqrqwwbzidqhgtu1cnjw.jpg)
म्याड्रिड अमेरिकी स्कुल बाहिर युक्रेनी पुरुषको गोली हानी हत्या

जिउँदै आगो लगाउनेलाई अमेरिकामा सुई लगाएर दिइयो मृत्युदण्ड

विजेपी विधायकमाथि गम्भिर आरोप : सामुहिक बलात्कार गरेपछि मुखमा पिसाब फेरिदिए

गाजामा इजरायली नाकाबन्दी : कुपोषण र औषधिको अभावमा ३०० बढी प्यालेस्टिनीको मृ…

सिंगापुरमा मुटु रोग चाँडै पत्ता लगाउने एआई प्रणाली परीक्षण गरिने
चीनको पिज्जा बजार १०० अर्ब युआन नाघ्ने अनुमान

प्रतिक्रिया